19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सतिश त्रिपाठी October 12, 2009, 6:14 pm

साँझ ढल्यो रात पर्यो तिम्रो बाटो कुरी बसें

अर्कै शहर जुन सर्यो तिम्रो बाटो कुरी बसें

आँखा भरी तिम्रै सपना मन भरी तिम्रै याद

गह भिज्यो सित झर्यो तिम्रो बाटो कुरी बसें

रहर भिज्दा सिरानीमा बाँझै बस्यो हरेक रात

तिनै रातले ऐठन गर्यो तिम्रो बाटो कुरी बसें

बलेशीको बाछिटामा मनको प्यास मेट्न खोजें

जुँगा भिज्दै मन भर्यो तिम्रो बाटो कुरी बसें

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।