17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल कपिल अन्जान October 23, 2009, 6:52 pm

प्रत्येक दिनमा एकजना पागल हुन्छ

एकैछिनमा एकजना पागल हुन्छ

यसरी नै गजल लेख्ने हो भने त

आफ्नै अधिनमा एकजना पागल हुन्छ

गजल लेख्नु त्यत्तिको सजिलो छैन

हुन्छ कठिनमा एकजना पागल हुन्छ

साँवाको ब्याज तिरे जस्तै हो साहित्य

रिनै रिनमा एकजना पागल हुन्छ

मान्नुस् कपिल, नाकिमा र नदिश

हामी तीनमा एकजना पागल हुन्छ

रेडियो कोहलपुर, बाँके

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।