18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत हस्त गौतम 'मृदुल' October 25, 2009, 6:03 pm

कसरी म चित्त बुझाउँ बिरहमा जली

गैदियौ नि मेरो मान्छे मलाइ नै छली

सँगै हुँदा बुझ्न खोजिन भित्रि मनको पींडा

न त कैलै उठाइ दिएँ भबिष्यको विंडा

कस्तो ठूलो भुल गरे छु आँशु नपुछेर

साहै निर्दयी भए छु म कुरा नबुझेर

यस्तो विपत पर्ला भन्ने सोचेकै थिइन

फेरी भेट गरुँला भन्ने निश्चित भइन

नियतीले गर्याे मलाई धेरै ठूलो प्रहार

अनयासै गुमाई सके सपनाको संसार

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।