19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हिउँद

कविता उमेश राई 'अकिन्चन' October 28, 2009, 1:41 am

दिनको आयु छोटिएर क्रुसमा

प्रस्तरको समाधिस्थ छानामाथि

उदाउँछ रातको लकेट

क्रिसमसको पाइलामुनि

फुल्छन् हिउँका फूलहरू

बाँडेर शीतको दाह्री

हराउँछ कतै सान्तक्लज

हुस्सुको सेतो सिरकभित्र

चोइटिएर फप्लेटा घाम

शीतको चश्माले हेर्छ

अल्कोहलिक सपना

समयको दरवान घाम संझिदै

एकान्त क्षितिजमा जून

निर्जन मनहरू बोकेर

उभिँदै शुन्यताको जगमा

हुस्सुका आँखाबाट पोख्दै

आँशुहरू................

खस्दै शीत लहर

प्रेमको चीनो पातहरू

सडकको टायर गाडीझैं

टिङलिङ–टिङलिङ

चिप्लिदै हिड्छ

उही हुलियाको हिउँद

उही साविक बाटो ।

विराटनगर,हाल कीर्तिपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।