14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

आतुर छ ज्वालामूखी

कविता इन्द्र्कुमार श्रेष्ठ सरित् October 28, 2009, 6:21 am

यूग भयो धर्तीमूनि दबिएको

आगो बोकेर पनि पानी पानी बनेको

एक एक पल सम्झना छ उसलाई

असिनाले चूटेको, बर्षात्ले रुझाएको

पन्छीभैंm उड्दै उड्दै

खुल्ला आकाशमा उडने सपना

सधैं सधैं ज्वालामूखीभित्रै दबिएको ।

पूरानो चिहानसरी अपहेलित ज्वालामूखी

मान छैैन, मर्यादा छैन

समयको अगाडि सधैं महत्ताहीन ज्वालामूखी

अपमानको अनल पिई पिई बनेको हो ऊ ज्वालामूखी

अब चरी बनेर उड्नू छ उसलाई पनि बादलमाथि माथि

पृथ्वी घूम्यो कि सुर्य घूम्यो

कून ग्रहले कसलाई चूम्यो

बेअर्थ छन् उसका लागि यी सबै अर्थहरु

अर्थपुर्णा छन् त केवल

आप्mनै अस्तित्वको निरन्तर खोजी ।

राष्ट जापान होस् कि अरु नै

जहां पगे पनि ज्वालामूखीको एउटै कर्म हून्छ

पूmट्नू पूmट्नू केवल पूmट्नू ...... ।

असिना, पानी र झरीको सहेर अत्याचार

कति सहनू उडन्ते पञ्छीहरुका् बिष्टा, अन्त्यहीन चीरबीर

सून्नू छैन अब उसलाई मान्छोको चीत्कार

पूmट्नू नै ज्वालामूखीको धर्म हो

मच्चिए मच्चियोस् यूगौं यूग हाहाकार..... ।

नाम ज्वालामूखी, सिंगो परिचय नै ज्वालामूखी

नचाहेरै पनि धर्तीभित्रै दबिएको ५ ऊ

नचाहेरै पनि साइनो ५ धर्तीसंग उसको

तर अब चाहिने नचाहिने साइनोहरुले

उसलाई सक्ने छैनन् छेक्न

नसके पनि घडी, पला र दिन तोक्न

धर्तीले दबाएर राखेको ज्वालामूखी

एउटै छ लक्ष्य, एउटै छ उद्धेश्य

विष्फोट.. विष्फोट..विष्फोट.......।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।