18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत मुकेश राई November 1, 2009, 8:56 pm

खुशीहरु समेटेर फर्की आउँला आउँदो सालैमा

आमा बाबुलाई सुख दिउँला बुढेशकालैमा

धेरै भयो यस्तै यस्तै बाचा बाँधेको

फर्किने दिन गन्दा गन्दै भाका नाघेको !

आमा भन्थे पढिगुनी ठुलो मान्छे बन्नु

स्वाभीमानी बनी सधैं देशको सेवा गर्नु

तर बिवश परदेशिएँ धेरै सपना सँगालेर

मनभरी बिछोडको पिडाहरु अंगालेर !

सुख दु:ख साट्न फेरी आउँदैछु म गाउँ फर्केर

गाउँघरका साथी सँगि सबैलाई भेट्ने गरेर

धेरै भयो यस्तै यस्तै बाचा बाँधेको

फर्किने दिन गन्दा गन्दै भाका नाघेको !

चियाबारीले सुहाएको स्वर्ग जस्तै मेरो गाउँ

उस्को याद्ले छाती पोल्छ, कहिले भेट्न पाउँ

धेरै भयो माया सम्झी तस्विर उस्को अंगालेको

मनभरी मिठो माया उस्कै निम्ती सँगालेको !

बियोगको यो पल सम्झी भेटन छिट्टै आउँदैछु

मुटु भरी तिमीलाई सजाई माया लाउँदैछु

धेरै भयो यस्तै यस्तै बाचा बाँधेको

फर्किने दिन गन्दा गन्दै भाका नाघेको !

[email protected]

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।