17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत गोपाल झापाली November 2, 2009, 4:48 pm
गोपाल झापाली
गोपाल झापाली

कहाँ दुख्यो भनि सोध्यौ माछी जस्तै शिलमा उनेर,

जाने कहाँ किन सोध्छेउ, दोबाटोमा काँडा राखेर ।

मायाँ गरि सुम्सुम्यायौ, थाहा पाईन छुरा हानेको,

हतकडि आज देखे, हिजो सम्म चुरा ठानेको

ढुङ्गा जस्तै फालिदियौ, किन दिलको राजा भनेर,

कहाँ दुख्यौ किन सोध्छेउ माछी जस्तै शिलमा उनेर ।

भिरको फूल भिरमै थिए, बगैंचामा ल्यायौ फुलाउन,

स्वर्ग जस्तो संसारमा लान्छु भन्यौ किन डुलाउन

चरी जस्तै पार्यौ मलाई दिलमा किन पासो थापेर,

कहाँ दुख्यो भनि सोध्यौ माछी जस्तै शिलमा उनेर ।

दमक

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।