19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कालीगण्डकी

कविता डा. हरिप्रसाद भण्डारी November 2, 2009, 3:37 pm
डा. हरिप्रसाद भण्डारी
डा. हरिप्रसाद भण्डारी

दामोदर जलकुण्डबाट सहजै निस्केर यात्री सरी

कैले शान्त त रौद्र रुप कहिले हा–हा र हूँ–हूँ गरी

अग्ला श्वेत हिमाल, उच्च गिरि औ ढुङ्गा, मुडा, बन्जर

खोपी मार्ग बनाउदै र कहिले तोड्दै ठूला कन्दरा ।

— ० —

मुक्तिनाथ हुँदै घुमेर सहजै नौला नयाँ इस्थल

बग्छ्यौ, हे सरिता रमाइ अनिता झछ्र्यौ तिमी तल्तल

ठूला ठिक्क अनि प्रशस्त मसिना साथी लिई साथमा

जान्छ्यौ आखिर मिल्न त्यै गहकिलो समुद्रका पासमा ।

— ० —

तिम्रो शक्ति अपार, भाव कलिलो नौलो छ तिम्रो रुप

यात्रा सु्न्दर, जिन्दगी रहरिलो उच्चा छ तिम्रो हुप

तिम्रो मार्ग कदापि कत्ति बलले रोक्नै खोजुन् तापनि

ठूलो वेग र शक्तिले धरती नै भत्काइ बग्छ्यौ तिमी ।

— ० —

सारा पाप पखालीद्यौ धरतीको दुर्गन्ध मैला अनि

स्वात्तै पारी बडारिद्यौ अबुझको अज्ञान सेखी पनि

यौटा सु्न्दर धर्तीको अब यहाँ निर्माण गङ्गे गर

सारा मार्ग हराभरा गरी नयाँ नौलाख बीउ छर ।

— ० —

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।