18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्यकार हरिहर खनालसँग साहित्यिक भलाकुसारी

वार्ता कृष्ण बजगाईं November 6, 2009, 6:20 am
कृष्ण बजगाईं
कृष्ण बजगाईं

वि.सं.२००३ सालमा कास्की फल्याङकोटमा जन्मनुभएका हरिहर खनाल वि.सं. २०२४ सालमा ‘बिदा हुँदा’ (कवितासङ्ग्रह) को प्रकाशनसँगै नेपाली साहित्यमा कृतिकारका रूपमा चिनिन थाल्नुभएको हो । त्यसपछि उहाँ क्रमशः अध्यापन/प्राध्यापन तथा साहित्यलाई एकसाथ लिएर हिँडिरहनुभएको छ । अजम्मरी गाँउ (कथासङ्ग्रह २०३७), आकाश छुने डाँडोमुनि (कथासङ्ग्रह २०३८), देश–परदेश (कथासङ्ग्रह २०४६), बमको छिर्का (कथासङ्ग्रह २०४७), आस्थाको गोरेटो (कविता सङ्ग्रह २०५१), विगत–आगत (कथासङ्ग्रह २०५५), The Voice of Mountain कथासङ्ग्रह २००० A.D.), देशभित्र देश खोज्दै (कथासङ्ग्रह २०६०), , युगका पदचापहरू (निबन्ध, टिप्पणी, संस्मरण र भूमिकाहरू २०५९), विघटन (कथासङ्ग्रह २०६३) हरिहर खनालका छोटा कथाहरू (कथा सङ्ग्रह २०६४), उज्यालोको खोजीमा, र समयको रेखाचित्र ( दुवै उपन्यास २०६५), अस्तित्वको खोजी ( कथासंग्रह २०६६), चीनको डायरी ( नियात्रा २०६६), म्याक्सीम गोर्कीको जीवनी (अनुवाद २०३८), जस्ता चर्चित कृतिमा विचारको दह्रो उपस्थिति दिनुभएका खनालको भद्र शैली, मीठो व्यवहार र सरल तथा मार्मिक लेखनको प्रशंसा जो कोहीले पनि गर्छ । लामो समयसम्म चितवनमा नै बसेर विभिन्न विद्यालय र कलेजहरूमा अध्यापन/प्राध्यापन गर्नुभएका कथाकार खनालसँग समकालीन साहित्य डट कमको लागि सम्पादक कृष्ण बजगाईंले साहित्यिक विषयमा इमेल मार्फत गर्नु भएको कुराकानी ।

१.तपाईंको पछिल्लो पटक प्रकाशित कृति कुन हो ?

चीनको डायरी । यो कृति २०६६ भाद्र १२ गते प्रकाशित भएको हो । यस पटक मैले केही लेखक कलाकार मित्रहरू र अन्य केही साथीहरूसमेत भएर जुन १६ देखि जुलाई १ सम्म चीनको दुईहप्ते भ्रमण गरेको थिएँ । यो डायरी मेरो त्यही समयको यात्रा वर्णन हो ।

२.अहिलेसम्म तपाईंका कतिवटा कृतिहरु प्रकाशित भएका छन् ?

मौलिक कृति १५ वटा छन् । एक थान अनुदित कृतिसमेत जम्मा १६ वटा छन् ।

३.तपाई आफू वा तपाईंका कुनै कृतिले कुनै पुरस्कार वा सम्मान प्राप्त गर्न सकेको छ कि ?

केही साहित्यिक र केही सामाजिक संघ संस्थाहरूले केही पुरस्कार प्रदान गरेका छन् र सम्मान पनि गरेका छन् । त्यसको विवरण निम्नअनुसार छ ।

पुरस्कार/सम्मान:

गण्डकी विद्यार्थी परिषद्द्वारा स्वर्णपदकसहित प्रथम पुरस्कार, २०२७

चितवन साहित्य परिषदद्वारा स्थापित चिसाप प्रतिभा पुरस्कार, २०५५

साहित्यसन्ध्या पुरस्कार, २०५५

भरतपुर नगरपालिकाद्वारा प्रतिभा सम्मान, २०५६

जि.वि.स. चितवनद्वारा सम्मान, २०५८

यथार्थ कुरा – जुही सम्मान, (अभिनन्दन ग्रन्थसमेत प्रकाशित) २०६१

प्रलेस झापा सम्मान, २०६१

लेखनाथ पुस्तकालय झापा सम्मान, २०६१

कालिका स्रष्टा सम्मान, २०६३

प्रगतिशील लेखक सङ्घ नेपाल, केन्द्रीय समितिद्वारा सम्मान २०६६

४.तपाईंको लेखनको प्रारम्भिक दिनका बारेमा बताई दिनुहोस्न ।

प्रारम्भमा मैले लोकलयमा केही गीत र कविता लेखेँ । त्यो समयको मेरो लेखाइ स्वतस्पूmर्त रूपमा आएको थियो । सानै उमेरमा आप्mनो गाउँघर, इष्टमित्र र साथीभाइ छोडेर अघि कहिल्यै नगएको बिरानो ठाउँमा पुगेर बस्नुपर्दाको पीडा थियो मनमा । त्यसैलाइ कविता र गीतका माध्यमबाट आपूmलाई अभिव्यक्त गर्ने प्रयत्न गरिएको जस्तो लाग्छ । तर त्यति बेला लेखक हुने धेयले नै लेखिएको थिएन । कलेज जीवनमा प्रवेश गरेपछि ज्ञानको क्षितिज पनि सायद विस्तारै पैmलँदै गयो र लेखाइको आयाम पनि परिवर्तन भयो होला । त्यसपछि मैले गद्य लेखनतिर हात हालें । पछिल्ला दिनहरूमा मैले आपूmलाई खास गरेर कथा विधामा केन्द्रित गरें ।

५.तपाई अंग्रेजी भाषाको सेवा निवृत्त प्राध्यापक तथा विद्धान हुनुहुन्छ । आफ्नो लेखनको भाषा नेपाली नै किन रोज्नु भयो ?

अंग्रेजी मेरो जागिरे जीवनलाई आड दिने एक प्रकारको लौरो मात्रै हो । मेरो मातृ भाषा त नेपाली हो । फेरि म आपूmलाई आम नेपाली जनताको पक्षमा उनीहरूकै लागि लेख्ने भन्ने मान्छे । आम नेपालीको भाषा नेपाली मात्रै हो । उनीहरूले अंग्रेजी जान्दैनन् र अंग्रेजीमा लेखिएका रचनाहरूले यस मानेमा कुनै अर्थ पनि राख्तैनन् । तर पनि कहिलेकाहिँ हाम्रो साहित्यलाई बाहिरी विश्वसित पनि परिचय गराउनु पर्ने हुन्छ । त्यो उद्धेश्य परिपूर्तिका लागि मैले आप्mना केही कथाहरूलाई अंग्रेजीमा अनुबाद गरेर द भ्वाइस अफ माउन्टेन शिर्षक दिएर एउटा पुस्तक निकालेको छु । त्यो पुस्तक सन् २००० मा निस्किएको हो ।

६.के नेपाली साहित्य पनि अंग्रेजी साहित्यको समकक्षी जत्तिकै छ ?

अंग्रेजी साहित्य धेरै सम्पन्न र धनी साहित्य हो । त्यसले हरेक क्षेत्रमा उत्कृष्ट

स्थान बनाएको छ । त्यसको विशाल आयामसित हामी जोडिनका लागि हामीले अझै धेरै मिहिनेत गर्नु पर्छ । त्यो हाम्रो आवश्यकता पनि हो । तर यसो भनेर हामी धेरै ह्युमिलिएटेड् हुनु पनि आवश्यक छैन । लक्ष्मीप्रसाद देवकोटाको जुन विराट प्रतिभा छ त्यो विश्वका कुनै पनि अब्बल दर्जाका लेखकहरूको भन्दा कम छैन । तर हामीकहाँ साहित्यलाई एउटा अनुत्पादक कामका रूपमा चित्रण गर्ने परिपाटी विद्यमान छ । अहिलेसम्मको हाम्रो सरकारी नीति समेत त्यस्तै छ । अंग्रेजी भाषा अन्तरराष्ट्रिय भाषा भएको हुनाले त्यसको चिनारी पनि त्यही किसिमको छ र अंग्रेजीमा लेखिएका कृतिहरूको पहिचानको क्षेत्र त्यही अनुपातमा विस्तारित छ । तर नेपाली भाषा त हाम्रो आप्mनै देशको चौघेरामा मात्र सीमित छ भन्दा हुन्छ । त्यो पनि सबै ठाउँमा यसको समान पहुँच छैन । लगभग प्रत्येक जनजातिका आआप्mनै भाषा छन् र कतिपय ठाउँमा नेपाली राम्ररी बुभ्mन नसक्ने मानिसहरूको संख्या समेत निकै ठूलो छ । भारतका केही प्रान्तहरू, भुटान, बर्मा र नेपाली बसोबासका विश्वका अरू ठाउँमासमेत नेपाली भाषी मानिसहरूको एउटा निकै ठूलो हिस्सा छ । तर ती सबै ठाउँमा हाम्रो साहित्यको सुलभ पहुँच छैन ।

देवकोटाको नाम मैले यहाँ एउटा उदाहरणका रूपमा मात्र पेस गरेको हुँ । हाम्रा अरू पनि केही साहित्यकारहरू त्यसरी तुलना गर्न सकिने खालका छन् । तर यो नै येथेष्ट भने होइन ।

७.नेपाली साहित्यलाई विश्वस्तरमा पुर्याउन के गर्नु पर्ला ?

हामीसित भएका राम्रा लेखकका रचनाहरूलाई अंग्रेजीमा अनुवाद गरेर त्यसको एउटा सुव्यवस्थित बजार संयन्त्र विकास गर्ने र भाषामा दक्षता हासिल गरेका प्रतिभाशाली लेखकहरूलाई अंग्रेजीमानै लेख्ने वातावण निर्माण गर्र्न सकियो भने हाम्रो साहित्यलाई विश्वस्तरमा पु¥याउन सकिएला कि भन्ने ठान्दछु म ।

८.तपाईंको विचारमा साहित्य के हो?

मानिसहरूका भावना र विचारको सुन्दर र कलात्मक अभिव्यक्ति ।

९.साहित्य कसका लागि लेखिनु पर्दछ ?

मेरो विचारमा साहित्य आम पाठकका लागि लेखिनु पर्छ ।

१०.साहित्य र राजनीतिबीच कस्तो सम्बन्ध हुनुपर्दछ ?

हुनु पर्दछ भन्दा पनि छ भन्न बेस होला । सरल भाषामा भन्दा साहित्य र राजनीतिको नङ र मासुको जस्तै संबन्ध छ । साहित्यमा राजनीति छैन भन्नु झुटो कुरा गर्नु हो । त्यसो भन्नेहरूले झन् धेरै राजनीति गरिरहेका हुन्छन् । गीता हामी हिन्दुहरूको पवित्र गन्थ हो । तर त्यो एउटा ठूलो राजनीतिको पुस्तक पनि हो । हिन्दुधर्मको घोषणपत्र । त्यहाँभित्र सिंगो महाभारत छ ।

११.प्रगतिवादी साहित्य भनेको के हो ?

मानवजातिको सुन्दर भविश्य र समुन्नतिका लागि कलात्मक शैलीमा अभिव्यक्त विचारको सुसम्योजन नै प्रगतिवादी साहित्य हो । यसको धेय धेरैभन्दा धेरै श्रमजीवी मानिसहरूको हितमा विचार प्रवाह गर्नु रहेको हुन्छ ।

१२.यसको अभीष्ट के हुन्छ ?

भर्खरै मैले भनें नि, बहुजनहिताय नै यसको अभीष्ट हुन्छ ।

१३.नेपालमा केही साहित्यकार राजनीति लेख्छन् धेरै साहित्यकार राजनीति गर्दछन् हो ?

राजनीति मात्र लेख्नेहरू मेरो विचारमा राजनीतिकर्मी हुन् । नारावादी साहित्यमा म सहमत छैन । तर साहित्यकारले राजनीति गर्छन् भने त्यसलाई हामीले व्यक्तिगत स्वतन्त्रताको कुरा हो भन्ने मान्नु पर्छ भन्ने विचारमा छु म ।

१४.साहित्यमा स्थापित हुन राजनीतिको फेरो समाउनै पर्ने हो ?

त्यो आवश्यक छैन । साहित्यमा स्थापित हुन त सिर्जनक्षमता र लगनशीलता हुनुपर्छ । तर हामीकहाँ तपाइले भनेजस्तै साहित्यमा स्थापित हुन राजनीतिको भन्दा पनि एउटा पार्टी विषेशको ओत लाग्ने परिपाटी छ । यसले स्तरीय साहित्यको सिर्जना गर्नमा मद्धत गर्दैन । यस कुराको म घोर बिरोधी छु ।

१५.केही महिना अघि साहित्यकार तथा कलाकारको एक जम्बो टोलीका साथ

तपाईं लामो चीन भ्रमण गरेर आउनु भयो । चीनमा भाषा तथा साहित्यका लागि सरकारीस्तर तथा जनस्तरबाट के के भएको पाउनु भयो ?

मेरो चीन भ्रमण अत्यन्तै छोटो अवधीको थियो । त्यति विशाल देशको साहित्य, कला र सांस्कृतिबारे सुक्ष्म रूपमा जान्न र बुभ्mनका लागि त्यो समय पर्याप्त थिएन । तथापि हामीले चीनको स्वसाशित क्षेत्र तिब्बतको ल्हासा, मध्य भागमा पर्ने ठूलो शहर शियान, राजधानी शहर बेइजिङ्, औद्योगिक शहर साङ्घाई र हङकङमा त्यहाँका साहित्यिक संघ, संस्थाहरू, चीनको संस्कृति मन्त्रालयका अधिकारीहरूसित भएका औपचारिक र अनौपचारक कुराकानीहरू र केही कवि, साहित्यकारहरू र चिनीयाँ विश्वविद्यालयका केही प्राध्यपकहरूसित भएका केही बैठकहरू र कुराकानीका आधारमा हामीले चीनको साहित्य, कला तथा संस्कृतिबारे संक्षेपमानै भए पनि केही बुभ्mने सुअवसर प्राप्त ग¥यौं ।

चीन सरकारले आर्थिक क्षेत्रमा मात्र होइन साहित्यमा पनि खुला नीति लिएको रहेछ । विचार अभिव्यक्तिको पूर्ण रूपमा सम्मान गरिएको रहेछ । लेखकीय मर्यादाभित्र रहेर कुनै पनि लेखकले आप्mा विचार अभिव्यक्त गर्ने छुट उसले पाएको छ । लेखकहरूको साझा संगठन केन्द्रमा राइटर्स एसोशिएशन अप्m चाइना छाता संगठनका रूपमा एउटै संगठन छ र त्यसको मातहतमा देशैभरि लेखक संघहरू छन्, जस्तो कि, राइटर्स एसोशिएशन अफ शियान, राइटर्स एसोशिएशन अफ साङ्घाई आदि । सबै क्षेत्रिय संगठनहरू

संरचनागत रूपमा एउटै केन्द्रका छातामुनि भए पनि तिनीहरू एक प्रकारले हेर्दा स्वतन्त्रजस्तै रहेछन् । आफै योजना बनाएर काम गर्न पाउने । सदश्यता पनि वितरण गर्न पाउने । कसैको रोकतोक छैन । स्वायत्त संस्थावस्तै, तर मूल रूपमा संगठन भने एउटै हो, राइटर्स एसोशिएशन अप्m चाइना अर्थात चीनियाँ लेखक संघ ।

१६.नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन के के गर्नुपर्ला ?

पहिलो कुरा, साहित्यलाई हेर्ने सरकारी नीतिमा सुधार हुनु पर्छ । व्यवसायिक लेखनको सुरूआत हुनुपर्छ । सत्ता हातमा पर्नासाथ सरकारले ऊ मातहतका साहित्यिक र सांस्कृतिक संघसंस्थामा आप्mना कार्यकर्ता भर्ना गरेर सरकारी ढुकुटीको दुरुपयोग गर्ने परिपाटी बन्द हुनुपर्छ । बिना पक्षपात, योग्यता, क्षमता र साहित्य सिर्जनाका आधारमा सबै लेखकको मूल्याङ्कन हुनुपर्छ ।

दोस्रो कुरा, नेपाली साहित्यका राम्रा कृतिहरूलाई अंग्रेजीमा अनुवाद गरेर हाम्रा सिर्जनालाई विदेशी पाठकसमक्ष पु¥याउनु पर्छ ।

तेस्रो कुरा, व्यवसायिक लेखनको विकास गर्नुपर्छ । हरेक लेखकले राम्रो लेख्नका लागि विश्वसाहित्यका राम्रा कृतिहरूको अध्ययन गर्नुपर्छ र कस्ता विषयवस्तुलाई कसरी प्रस्तुत गर्नु पर्दोरहेछ भन्ने कौशल र शिल्प सिक्नु पर्दछ ।

१७. मूलधारको साहित्य र डायोस्पोराको साहित्यमा के फरक छ ?

तपाईंले भन्न खोज्नु भएको मूलधारको साहित्य भनेको यहींको सुखदुःखको, यहींको आम नेपाली समाजको, यहींको सामाजिक अन्तरद्वन्द्वको कथा व्यथा होला । म त्यस्तै ठान्दछु । बिदेशमा बस्ने नेपालीहरू र यहाँका मानिसका कथा व्यथा रूपमा केही फरकजस्ता देखिए पनि सारमा तिनीहरू उस्तै हुन् । मूलधारको साहित्यले देशभित्रको जनजीवन र सामाजिक परिपाटीलाई प्रतिविम्वित गरेको हुन्छ भने डायस्पोरिक साहित्यले संसारभर छरिएर रहेका नेपालीहरूको संघर्षपूर्ण जीवनलाई चिनाउने प्रयत्न गरेको हुन्छ । मलाई यस्तै लाग्छ ।

१८.तपाई आफू लामो समयसम्म प्राध्यापन गरी सेवा निवृत्त हुनु भएकोछ । नेपाली डायोस्पोराका उत्कृष्ट साहित्य नेपालको विश्व विद्यालयमा पढाउने ब्यवस्था गर्नु पर्ने होईन र ?

तपाईले एकदमै ठीक कुरा उठाउनु भयो । तर बिडम्बना कस्तो छ भने विश्वविद्यालयमा पाठ्यक्रम र पाठ्यसामग्री निर्धारण गर्ने प्राध्यकपहरूका नजर धेरैजसो केही नाम चलेका र त्यस बाहेक आप्mनै वरिपरिका लेखकहरूमा मात्र परेको देखिएको छ । त्यसो भएको हुनाले मूलधारको एउटा ठूलो हिस्सा र डायस्पोराको साहित्यले हाम्रो पाठ्यक«ममा अझैसम्म उचित स्थान पाउन सकेको छैन । तर आशा राखौं, रात जतिसुकै लामो भए पनि भोलि बिहान अवस्य घाम लाग्ने छ ।

१९. अन्तमा समकालीन साहित्य डट कम मार्फत विश्वभर रहेका नेपाली

साहित्यका पाठकहरुलाई केही भन्नु छ कि ?

कृष्णजी, समकालीन साहित्य मार्फत विश्वभर छरिएर रहेका नेपाली साहित्यका पाठकहरूबीच मेरा विचारहरू राख्ने सुअवसर दिनु भएकोमा सर्वप्रथम तपाईलाई हार्दिकतापूर्वक धन्यवाद दिन चाहन्छु । मेरा विचारहरू पढिसकेपछि सहृदयी पाठकवृन्दबाट अवश्यनै फिडब्याक पाउने छु जसबाट आगामी दिनमा सिर्जनकार्यमा लागिरहन मलाई थप प्रेरणा मिल्ने छ भन्ने कुरामा म आशाबादी छु ।

६ नोभेम्बर ०९

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।