एउटै यात्रा दोबाटोमा हाम्रो साथ छुटे पछि
एकै चिम्टी सिन्दुरले बिचको नाता टुटे पछि
अब भन्नु के रह्यो र आफ्नै भाग्य फुटे पछि
दुनियाँमा को थियो र हामी जस्तो खुशी जोडी
भेट्न एक अर्कालाई आउँथ्यौ सबै काम छोडी
नहुनु रहिछ र बसेछ माया गहिरो
मलाई पाखा लगाउने आयो नि भेल-पहिरो
तिमीले हेर्यौ आँखाले सोधिनौ आफ्नो मनलाई
एक पलमै तोडी नाता रोज्यौ आखिर धनलाई
सुनिनौ लाख बिन्ती मेरो बन्द गर्यौ मनको ढोका
घाइते मुटु लिइ फर्कें म त दिए पछि तिमीले धोका
भनु-३,तनहुं
हाल:- अबुधाबी,युएइ