18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत शेखर ढुंगेल November 11, 2009, 6:32 pm

आफ्नो जीवन आफ्नै हुन्छ

सुन्दिन म तिम्रो बात

भन्छ्यौ भने मायालु

किन चाहियो हामीलाई अब

अध्यारो रातको लागि मात्र

एउटै चिसो छत

दु:ख जती आँफै बोकी

सुख दिए तिम्रै भागमा

रुनु परे एक्लै रुन्छु

तिमी हाँस दिन रात

यहाँ सम्म मैले गरे

अझै खुशी हुन्नौ भने

किन चाहियो हामीलाई...

नामको मात्र नाता हो र

मनको होइन भने

कष्ट पर्दा मलाई तिमीले

साथ दिन्नौ भने

मेरो आफ्नै धुन छ अनि बाटो

तिमी भन्छ्यौ भने

प्रियसी! किन चाहियो अब

अध्यारो रातको लागि मात्र

यो एउटै चिसो छत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।