18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत इन्द्र पुन 'इन्द्रेणी' November 11, 2009, 6:52 pm

साथी सोध्छ घर कहाँ कसले के गरेको देशमा

मैले भन्छु बुद्दले हिँजो शान्ति छरेको देशमा

सुस्ता टिष्टा काली सम्झि रुन्छौं हामी आज पनि

मै हुँ जेठो छोरो भन्दै आमालाई नै हरेको देशमा

मिल्नु पर्थ्यो सबै परिवार घरको ईज्जत राख्नलाई

खुसी दिन्छु आमा भनि दाइ भाइ लढेको देशमा

चल्दैछ हुरी जोडले अझ समाली राख्ने छोरा छैनन्

छुट्टिने हो कि बुद्धसँग सगरमाथा डढेको देशमा

सम्झाए उनलाई पुस्तौं पुस्ता तर अझ कोही सुन्दैन

रिसाई हामीसँग आज बुद्ध अन्तै सरेको देशमा

निरास हुदै भन्छ साथी ब्यूझनु पर्यो निद्राबाट

समय अझै घर्केको छैन सुर्य ग्रहण परेको देशमा

रुकुम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।