डिसेम्बर २६ तारखि?। हिउँ परेर सेताम्मै छन् सडकहरू?। फाट्टफुट्ट गाडीबाहेक अरू देखिन्न?। बिहानीको सबेरमा सडकपेटीको हिउँ अझै सफा गरएिको छैन?। मरुन्जेलको ठिहीमा हिउँमाथि पहिलो पाइला मेरै हुन्छ?। कस्तो भने यही बेला रेल छुट्ला कि भन्ने हतार पनि छ?। हिउँमाथि डोब छाड्दै म दौडँदै छु?। धन्न, बेल्जियमको राजधानी ब्रसेल्सबाट ९७ किमि टाढा रहेको युरोपको पुरानो ऐतिहासिक सहर ब्रुज जाने रेल पक्रन भ्याएँ?। बरफ तथा हिउँले बनाएको कला प्रदर्शनी हेर्न जानका लागि हिउँ छिचोल्दै म हिंडिरहेको थिएँ?।
बरफमा कँुदिएको कलाले धेरैपटक मेरो मन छोएको छ?। अझ पहिलोपटक हेर्दा त त्यसले नसोचेको कौतुहलता र शिल्पकारतिाको झल्को दिन्छ?। एक बिहे समारोहमा बरफमा कुँदिएको एक कलात्मक आकृतिमा मेरो दृष्टि पर्?यो?। त्यो यति सुन्दर र आकर्षक थियो कि त्यसमा परेको प्रकाशले गर्दा सिंगो भुइँ हिराझैं चम्किरहेको थियो?। अझ रंगीन बत्तीका झल्याकझुलुकमा रंग बदलिँदो हिउँ झनै अचम्म लाग्ने !
बरफमा कुँदिने यस्ता कलाको सुरुवात प्राचीन समयमा चीनबाट भएको मानिन्छ?। धेरै वर्षअघि प्राचीन चीनमा चिनियाँ माझी रातको समयमा माछा मार्न जाँदा हावाले बत्ती निभाएर हैरान भए?। त्यसपछि हावाले बत्ती ननिभाओस् र, उज्यालो पनि आओस् भन्नाका लागि बरफको ढिकोलाई खोक्रो बनाएर लालटिनमा शिशा लगाए झैं प्रयोग गर्न थाले?। त्यहींबाट बरफ र हिउँमा कुँदिने कलाको सुरुवात भएको मानिन्छ?। सन् १९३२ मा अमेरकिामा आयोजना गरएिको ओलम्पिक प्रतियोगितामा हिउँमा विभिन्न आकृति बनाएर प्रदर्शनीमा देखाएपछि हिउँ-कला फैलिएको हो?।
पश्चिमा मुलुकमा व्यापारकि प्रतिष्ठानले बैठक वा प्रदर्शनीमा कम्पनीको लोगो, हिउँबाट बनाएर राखेका हुन्छन्?। लामो समयसम्म प्रदर्शनीमा राखिने यस्ता कलालाई वातानुकूलित ढङ्गमा राखिएको हुन्छ?।
पैंतालीस मिनेटको यात्रापछि म चढेको रेल अहिले ब्र्ुज सहरमा रोकिएको छ?। रेल स्टेसन नजिकै रहेछ प्रदर्शनीस्थल?। हिउँमा कुँदिने कलाको यो छैंटो शृङ्खला रहेछ?। यसपटकको प्रदर्शनीलाई हिउँकी रानी नाम दिइएको छ?। हिउँकी रानीको बरफको दरबारभित्र बरफका मनमोहक आकृतिबाहेक केही थिएनन्?।
हिउँकी रानी नाममा एउटा कथासंग्रह डेनमार्कमा जन्मिएका विश्वप्रसिद्ध लेखक हान्स क्रिश्चियन एन्डर्सनले लेखेका हुन्?। यसपटकको प्रदर्शनी उनै साहित्यकारको सम्मानमा उनकै प्रसिद्ध कथासंग्रहको नाममा राखिएको हो?। प्रदर्शनीका कतिपय वस्तु उनका कथासंग्रहमा वणिर्त पात्र थिए?।
नौ युरोको टिकट काटेर लाइन बसेको झन्डै एक घन्टापछि पालो आयो?। अहो, कस्तो भीड?। आयोजकका अनुसार प्रदर्शनीको तेस्रो सातासम्ममा ७५ हजार दर्शकले हेरसिकेका छन्?। अवधिभरमा करबि १ लाख २५ हजार दर्शकले प्रदर्शनी हेर्ने अनुमान छ?। दरबारको अग्रभागमा पूरै प्रदर्शनी
स्थललाई बरफका अग्ला-अग्ला पर्खालले घेरएिको रहेछ?। त्यहाँ पुग्नेबित्तिकै सुदूर उत्तरको हिउँले ढाकिएको जंगलमा पुगेको अनुभूति भयो?। छेउमै अजंगको हिउँभालु प्रसन्न मुद्रामा स्वागत गर्न बसेको देखिन्थ्यो?। हिउँभालुको छेउमा बाह्रसिङेले हिउँमा तान्ने गाडी गुड्न तयारी अवस्थामा रहेको थियो?। हिउँ रानी उन्मत्त घोडामाथि सवार भएको करबि बीस फिटको बडो कलात्मक बरफको मूर्ति प्रमुख आकर्षण रहेछ?।
दरबारको भित्री भागको प्रवेशद्वारमा दुई हतियारधारी सिपाहीले पहरा दिइरहेका थिए?। दरबारभित्र प्रवेश गरेपछि रानीको शुकला-कोठामा पुगिन्छ?। त्यस कोठामा पुग्दा मध्ययुगका राजा-महाराजाको वैभवताको झझल्को आउँछ?। हिउँ रानी सुत्ने ठूलो कोठा, झ्यालमा बरफको साह्रै राम्रो पर्दा, कलात्मक पलङ, त्यसमाथि बुट्टेदार तन्ना, सिरानी छेउमै ड्रेसिङ टेबल सबै बरफले बनाएको?। कस्तो अद्भूत कलाको कल्पना?।
त्यस कोठाको ठीक सामुन्ने एक ढोका छ?। त्यसबाट भित्र पसेपछि सीधैं बरफ बारमा पुगिन्छ?। जहाँ बरफको कुर्सी?टेबल राखिएका छन्?। बरफको कुर्सीबाट सीधैं चिसो नआओस् भन्नाका लागि त्यसमाथि बाह्रसिङेको छाला ओछ्याइएको रहेछ?। बरफ बार जतिखेर पनि खचाखच भरएिको देखिन्थ्यो?। त्यहाँ बरफको कुर्सीमा बसेर बरफले नै बनेको गिलासमा चिसो भोड्काको स्वाद लिन पाइदोरहेछ?। भोड्का नपिउनेहरू भने आइस कफीमा रमाउन सक्ने रहेछन्?।
ब्ाारका अगाडि मध्ययुगका नाट्यशालाको झझल्को दिने उस्तै भेषभूषामा हिउँले बनेका एक जोडी बडो प्रसन्न मुद्रामा नाचिरहेको देख्न पाइन्छ?। जहाँ प्रदर्शनी हेर्न आउने दर्शकहरू पनि संगीतको तालमा आ-आफ्ना जोडीसँग नाचिरहेका थिए?। ब्ाारको ठीक अगाडि बरफले बनेको अग्लो टावर रहेछ?। टावरबाट पूरै दरबारको मनोरम दृश्य देख्न पाइयो?। साँझपख जाडोमा धरहराबाट झिलीमिली काठमाडौं हेरेजस्तै एकैछिन् स्वदेशको याद दिलायो?। त्यहाँबाट तल र्झन बरफको चिप्लेटी पनि बनाएको रहेछ?। बरफकै चिप्लेटीबाट मानिसहरू चिप्लेटी खेल्दै तल सुलुलु झररिहेका थिए?।
बरफको दरबारको अर्को आकर्षण प्रयोगशाला रहेछ?। जादुगरहरू आफ्नो प्रयोगशालामा विभिन्न औषधि तथा पेय पदार्थ बनाइरहेका देखिन्छन्?। मध्ययुगका जादुगरहरू विभिन्न धातुहरूलाई कसरी सुनमा परविर्तन गर्न सकिन्छ भनेर विभिन्न प्रयोग गर्थे रे?। एक वस्तुबाट अर्कोमा कसरी रुपान्तरण गर्नेजस्ता विषयमा सोध गररिहेका जस्ता लाग्ने ती जादुगरहरूको अस्तव्यस्त प्रयोगशालाले मध्ययुगीन प्रविधिको झझल्को दिलायो?।
प्रयोगशालाको अगाडिको कोठाबाट एकैचोटी शाही भान्साघरमा पुगियो?।
माइनस सात डिग्री सेल्सियसभन्दा कम तापमान भएको बरफको दरबार घुम्दाघुम्दै एक घन्टा समय बितेछ?। दोहोर्?याएर प्रदर्शनी हेर्ने इच्छा हुँदाहुँदै चिसोले सिंगो शरीर चिसिएको थियो, हातखुट्टा कक्रिसकेका थिए?। लुगलुग काम्दै म हिम दरबारबाट फुत्त बाहिर निस्केँ?।
साभार: कान्तिपुर कोशेली, १४ जनवरि,२००६