सिउरी दिने रहर थियो त्यो शिरमा फूल टिपी
राख्न पाए तिम्लाई सधैं मेरो मनको वरिपरि
मन को कुरो गर्नु थियो तिमी कतै रिसाउँछ्यौं कि
माया प्रेमको कुरा गर्दा तिमी कतै लजाउँछ्यौ कि
थाहै नपाई माया बस्यो तिमीसित कहिलेदेखि
सुख दुख साट्ने साथी खोज्दै थिएँ पहिलेदेखि
रिसाउने पो हो कि कतै मनको कुरा गर्नु थियो
ठट्टा होइन सत्य सत्य यो मनले तिम्लाई रोज्यो
फूलको रंग फूलैसँग मनको माया मनैसँग
तिम्रो हाम्रो मन मिल्छ सँगै बसौं टाढा किन
नुवाकोट, हाल: बेल्जियम