७२ बसन्त पुरा गर्नु भएका नगेन्द्रराज शर्मा नेपाली साहित्यक पत्रकारिता क्षेत्रमा चिरपरिचित नाम हो । आजभन्दा ४० वर्ष अघिदेखि अभिब्यक्ति साहित्यिक पत्रिकाको प्रकाशन तथा सम्पादन गर्दै आउनु भएका श्री शर्मा विभिन्न साहित्यिक कार्यक्रम तथा समारोहहरुमा उत्तिकै सहभागिता जनाउनु हुन्छ । विभिन्न कृतिका लेखक शर्मासँग समकालीन डट कमका लागि सम्पादक कृष्ण बजगाईंले इमेलबाट गर्नु भएको कुराकानी ।
१. अभिब्यक्ति अहिलेसम्म निरन्तर प्रकाशन गरी नेपाली साहित्यमा एउटा इतिहास बनाउनु भएको छ । यसको सक्षिप्त इतिहास बताई दिनुहोस्न ।
इतिहासै बताउन लागेँभने उत्तर धेरै लामो होला । छोटकरीमा भन्नुपर्दा—साहित्यसँग लगाव थियो । साहित्यकारहरूसँग संगत पनि थियो । रहर थियो, उत्साह थियो, जाँगर थियो र उमेर पनि थियो । अनि हौसला दिनेमा भैरव अर्याल, रोचक घिमिरे र जगदीश घिमिरेजस्ता साथीभाइहरू पनि थिए । रहरै रहरमा एकदिन कम्मर कसेँ, अठोट गरेँ । आरम्भ गरेँ । अनि लागेँ लागिरहेँ । घाम–पानी भनिन, जाडो–गर्मीको परवाह गरिन, भोक–तिर्खा, परिश्रम र पसिनाको वmुनै हिसाव राखिन लागिरहेँ एकोहोरो । स्वेच्छाले स्वीकारेको यो कष्टकर बाटामा एक्लै एक्लै हिडिरहँदा पनि एउटा सुखको नै अनुभव गरिरहेँ— अभिव्यक्तिको सम्पादन÷प्रकाशनको सन्दर्भमा भोग्नु परेका सानाठूला वाधा–अडचन र दुख–कष्टहरूको सामना गर्दै अघि बढ्दा एक किसिमको प्राप्ति अथबा भनूँ एक किसिमको सुख र सन्तुष्टिको अनुभूति गर्नथालेँ । अनि अनि थाहै नपाई इतिहास आपैmँ बन्दै गएछ ।
२. तपाई आफ्ना सन्तान र अभिव्यतिmमा कसलाई बढि माया गर्नु हन्छ ?
निशन्देह आफ्ना सन्तानलाई ।
३. तपाईको शेषपछि अभिव्यक्तिलाई के होला ?
मसँगसँगै अभिव्यक्तिको पनि अवसान हुनेछ ।
४. अभिव्यक्तिमा स्थान पाएर, तपाईंको हौसलाले कति साहित्यकार जन्मिए तथा स्थापित भए होलान् । अहिलेसम्म कसैले अभिव्यक्तिले मलाई स्थापित गरायो भनेर भनेका छन् ?
छन्, धेरैले भनेका छन्— यहाँ म क–कसको मात्र नामलिऊँ । उहाँहरूका नाम मैले उल्लेख गर्नुभन्दा आवश्यक परे यथा समयमा उहाँहरू स्वम्ले नै उल्लेख गर्नु हुनेछ । अहिले उदाहरणकालागि म एउटा नाम प्रस्तुत गर्न चाहन्छु— २०३५ सालको अभिव्यक्तिमा पहिलो पल्ट गजल प्रकाशित भएपछि हौसिएका एकजना गजलकार हुनुहुन्छ— आपूmलाई गजलको माली भन्न रुचानुहुने तर अरूहरूबाट गजल–सम्राट भनिने— आजका प्रसिद्ध गजलकार ज्ञानुवाकर पौडेल ।
५. साहित्यिक पत्रिकाको बजार कस्तो छ ?
साहित्यिक पत्रिकाको बजार नराम्रो छैन तर बजारको आधार मानिने बिक्री– वितरण व्यवस्था राम्रो छैन, राम्रो छैन मात्र होइन— स्पष्ट भनौंभने गोरखापत्र र साझा प्रकाशनको वाहेक अन्य वmुनै पनि साहित्यिक पत्रिकाको बिक्री–वितरण व्यवस्था नै छैन । ठिक ठिक समयमा प्रकाशित गरेर ठिकठिक समयमा अधिराज्यभरिका पसलहरूमा पु¥याउन सके सन्तोषजनक बिक्री हुन्छ भन्ने मलाई लाग्छ । अनि बिक्नलाई एउटा अनिवार्य शर्त के भने पत्रिका पठनीय पनि हुनु पर्छ ।
६. साहित्यिक पत्रिका प्रायः अल्पायुमै मर्ने गर्छन् । तपाईंले चाहीं यसलाई कसरी
टिकाएर राख्नु भएको छ ?
पहिलो वmुरा त जहाँ ईच्छा तहाँ उपाय भन्छन्— त्यो पनि धेरै हदसम्म सही नै हो । त्यसका अतिरिक्त आत्मविश्वास र लगशीलता पनि चाहिन्छ । यी सबका साथसाथै पैसा पनि चाहिन्छ । पैसा कि त विक्री/विज्ञापनबाट आर्जन गर्न सक्नु पर्छ कि त खल्तीबाट खर्च गर्न सक्नु पर्छ । मैलेचाहिँ— सर्बाेपरि मनले अर्थात् दृढ संकल्पले, त्यसपछि तनले अर्थात् परिश्रम र पसिनाले अनि धनले अर्थात् परेका बेलामा खल्तीबाट खर्च गरेरै अभिव्यक्ति चलाएको हुँ ।
७. सरकारी स्तरबाट कुनै सहयोग पाउने गर्नु भएको छ कि ?
अहँ । सरकारी स्तरबाट आजसम्म कुनै सहयोग पाएको छैन ।
८. साहित्यिक पत्रिका र पत्रकारका लागि सरकारले के गरोस् भन्ने चाहनु हुन्छ ?
साहित्यिक पत्रिका वा पत्रकार भन्ने बित्तिकै तिनकालागि सरकारले यसै गरोस् भन्ने खासै वmुनै आग्रह त छैन । तर पनि संसारको कुनै पनि देशमा आफ्नो कला, साहित्य, संस्कृतिको संरक्षण, उत्थान र विकासकालागि सरकारबाट हरसम्भव प्रयास गरिन्छ । यसै परिप्रेक्षमा यदि हाम्रा साहित्यिक पत्रिका÷पत्रकारबाट देशको वाङ्मयको विकाशमा केही सहयोग पुगेको छ भने तिनीहरूलाई सरकारले प्रोत्सहित गर्नु उचित हुन्छ ।
९. तपाईंको बिचारमा साहित्य के हो ?
सीमित शब्दमा अथबा सानो परिभाषाभित्र अटाउन असजिलो कुरा हो यो । तापनि भन्नुपर्दा— हितकारी कुराहरूको कलात्मक अभिव्यक्ति हो साहित्य ।
१०.अहिलेका समयले कस्तो साहित्य माग गरेको छ ?
वmुनै खास समयले कुनै खास किसिमको साहित्यको माग गर्छ जस्तो त मलाई लाग्दैन । साहित्य सधैँ समयसापेक्ष हुनुपर्छ । अन्यथा त्यसको आयु लामो हुँदैन ।
११.तपाईंका अहिलसम्म कुनै पुस्तक प्रकाशित भएका वा प्रकाशोन्मुख छन् कि ?
अहिलेसम्म मेरा चारवटा कृति प्रकाशित भएका छन्— १. महापुरुष ( उपन्यास, २०२८ ) २. दिवास्वप्न ( उपन्यास, २०२९ ) ३. पीपलको बोटमुनि ( कथासङ्ग्रह, २०३९ ) एकान्तका आफन्तहरू ( कथासङ्ग्रह, २०५५ ) । प्रकाशोन्मुख पनि छन् तर तिनको कुरा नगर्नु नै ठिक होला ।
१२. तपाईंका कृतिले वा तपाईं आफैले कुनै पुरस्कार वा सम्मान प्राप्त गर्नु भएको छ कि ?
कुनै वृmति विशेषले त हैन तर पनि साहित्य तर्पm दुईचारवटा पुरस्कार पाएको छु । अनि साहित्यिक पत्रकारितातर्पm चाहिँ (भरखरै स्थापित भएका एकआध वाहेक ) सम्पूर्ण पुस्कारहरू पाइसकेको छु । सम्मानहरू पनि थुप्रै पाएको छु ।
१३.अहिले नेपालमा दोसल्ला, सम्मान तथा पुरस्कारको व्यावसाय चलको छ भन्छन् । राम्रै परम्पराको विकाश भएको त होला नि ?
हो, नेपालमा दोसल्ला, सम्मान तथा पुरस्कारको व्यवसाय चलेको त धेरै दिन भइसकेको छ र राम्रै परम्पराको विकास भएको ले नै त होला नि ! अचेल यसको हावा बिदेशतिर पनि चल्न थालेको छ भन्छन् ।
१४.अबको संघीय नेपालमा नेपाली भाषाको अवस्था के होला ?
एउटा उखान छ— ‘मामाको त भाङ्ग्राको धोती, भाञ्जाको के गति ?’ अहिलेको नेपालको दुरावस्था देख्दा अबको संघीय नेपालमा नेपाली भाषाको मात्र होइन, सम्पूर्ण नेपाल र नेपालीको जातिको नै अवस्था अत्यन्त चिन्ताजनक छ ।
१५.नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरका पनि लेखिएका छन् ?
छन् । यद्यपि साहित्यको स्तर नाप्ने औजार मैले कहीँ कतै देखेभेटेको छैन । यो न माना–पाथीमा भर्न सकिन्छ न धार्नी बिसौलीमा जोख्न सकिन्छ । कीलो, लिटर बा मिटरबाट नाप्न पनि सकिँदैन । साहित्य सदा अतुलनीय हुन्छ । तर पनि भन्नु पर्दा म निर्धक्कसँग भन्नसक्छु— कवि शिरोमणि लेखनाथ, महाकवि लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समको साहित्य संसारका कुनै पनि देशको साहित्यभन्दा कम छ जस्तो मलाईचाहिँ लाग्दैन ।
१६.नेपाली भाषालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन के गर्नु पर्ला ?
मानव मन–मस्तिष्कलाई तरङ्गीत/झङ्कृत गर्न सक्ने सुन्दर सिर्जना गर्नु पर्छ ।
१७.अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषा साहित्यमा कुनै कार्य भएको थाहा पाउनु भएको छ ?
अहँ, छैन ।
१८.अन्तमा समकालीन साहित्य डट कम मार्फत नेपाली साहित्यका पाठकहरूलाई केही भन्नु छ कि ?
छैन ।