17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल कपिल अन्जान November 17, 2009, 7:23 pm

गरिस् उजुरी डर लाग्यो

देखाईस् खुकुरी डर लाग्यो

रगतमा समानता छैन

छैन सिन्दुरी डर लाग्यो

को पहाडी को मधेशी हो

नहान छुरी डर लाग्यो

तेरो अडाडि झुक्न पनि

लाग्यो मजबुरी डर लाग्यो

मलाई नमारी शान्त हुन्नस्

मार निष्ठुरी डर लाग्यो

रेडियो कोहलपुर एफ.एम. बाँके

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।