19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल कपिलविवश भट्ट ‘कञ्चन’ November 17, 2009, 6:46 pm

आज तिमीले मलाई भावनामा बगायौ

रिसाएकी थियौ कुन्नी किन्न फकायौ

साँचो माया तोडिए जोडिदैन भन्छन

मरेको थियो त्यो माया कसरी जगायौ

कसैको बाध्यता कसैको रहर हुँदो रहेछ

कहाँ गयो दिलको राजा कसरी छकायौ

परिबन्धले कहीलेकाँही यस्तै बनाउदो हो

परे होलान पीडाहरु त्यसलाई नी भगायौ

एक्लो परिवेशमा हुर्केको मान्छे न हुँ म

सुतेको थिए उठाउन मिर्मिरेमा बाजा बजायौ

शिखरपुर–९ शितलकुञ्ज,बैतडी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।