19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सीमा

कविता मनोज बोगटी November 20, 2009, 4:00 pm

त्यो कोमल फूलमा बस्छ

नङ्‌ग्रा बोकेको भवँरो।

गौरी भाउजुले गाइरहेकी त्यो भद्दा गीतको

कम्मर भॉंचिएको जीउ

सधैँ

पग्लिएको आँखाको चेपबाट हेर्छ

रत्ने दाज्युको बैंश।

मान्छेको शरीर प्लास्टिककै त हो

जो आगोले खुम्चिन्छ।

आगोले के छोड्छ ढुङ्गालाई

हिँउ त कोमल हुन्छ

न सुन कठोर हुन्छ।

आगो?

आगो न कोमल हुन्छ न कठोर हुन्छ।

त्यो फूलमा लागेको आगो देख्छ भवँरा

गीतको झिल्काले ढड़्‌छ रत्ने दाजु।

जब पग्लनु पर्ने समय हुन्छ

त्यसलाई कुनै बॉंधले रोक्दैन।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।