18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत मणी बांग्देल "सागर" November 21, 2009, 7:29 pm

मैले तिम्रो मुहार देखें

रात भरि सपनीमा

तर तिमी धेरै टाढा

खुल्दा नयन बिपनीमा

छोडी आउने रहर होइन

पिरतीको जवानीमा

तर जीवन फसेकोथ्यो

गरिबीको भुमरीमा

तिमी मलाई पर्खी बस

दियो बालि अँधेरीमा

म भेट्न फर्की आउछु

त्यहिँ पुरानो पंधेरिमा

मैले तिम्रो मुहार देखें

रात भरि सपनीमा

तर तिमि धेरै टाढा

खुल्दा नयन बिपनीमा

इलाम, हाल: न्युयोर्क

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।