साथ आयौ र पो नत्र मैले पाउँने कसरी
आउँने इसारा दियौ र पो नत्र धाउँने कसरी ।
शिशा झैँ चर्किएको मेरा मनका इच्छाहरु
उमारी दियो रहर र पो नत्र सजाउँने कसरी ।
फुटेका थे मनका मेरा मुरली र बाँसुरी
जोडि दियौ तिमीले र पो नत्र बजाउँने कसरी ।
एक्लो लाग्थ्यो सधैँ शहरको बीचमा पनि
हेरि दियो बैशलाई र पो नत्र लजाउँने कसरी ।
नियतिले सधै भरि बिरहमा डुवाए थियो
खुशी दियौ मनलाई र पो नत्र हँसाउँने कसरी ।
२८ अक्टुबर ००९