17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत गीता खत्री November 23, 2009, 7:43 pm

कुहीरो भित्र बिलाएकी राजकुमारी उनी

सपनीमा पनि आउँछिन मुस्कुराउँदै उनी ।

सङकोच मान्दै भए पनि हाँस्छु सपनीमा

परिचय माग्न खोज्छु अझै विपनीमा ।

हेर्दा उनी मेरै माया जस्तै जस्तै लाग्छिन्

छल्कीएका नयलने मलाई हेरै झै लाग्छिन् ।

बैशाखको महिनामा निस्किएका मुना

टिप्न पनि डर लाग्छ उनको साउती विना ।

लालुपाते फूलजस्तै फक्रिएकी उनी

यौवनका पाटा पाटा छल्काउँदै उनी ।

कुहीरो भित्र बिलाएकी राजकुमारी उनी

सपनीमा पनि आउँछिन मुस्कुराउँदै उनी ।

न्युयोर्क

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।