19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बिस्थापित

कविता बिशेष गुरागाईं November 23, 2009, 11:53 am

सोचाइका फाँटहरु

धाजा फाँटेका गराजस्तै

किन पत्र पत्र चिरिएका छन् तिम्रा

छिमेकीले मिचेको साँधजस्तै

किन साँघुरिएकोछ

किन फैलन सकेनन पंख फैलाउँदै

उढ्ने चराका एक हुल बथान जस्तै भएर

हाम्रा रहर बिगत भन्दा चुलिएका छन्

हाम्रा सपना हिजोका भन्दा स्वदिला भएका छन्

ईच्छा फैलिएर सगरमाथा जित्ने होडमा लागीसके

तिमी उही पुरानो सोचको धरहरा उभिइरहेकाछौ

आजको आजसँग बेमेल भएर

समयसँगै नजर फेरिनुपर्ने

परिष्कृत हुनुपर्ने बिचार

चुलिनु पर्ने ईच्छा

अवतरित हुनुपर्ने नौलो आयाम रहरको

भुमंडलिकरणको रहस्य भित्र

साँघुरिएको समयले

डायनोसोर र साङ्लोको किम्बदन्ती पछ्याउँदै

अर्को इतिहास स्थापित नगरोस्

आजको आजले तिमीलाई बिस्थापित नगरोस् ।

सुन्दरपुर,मोरङ, हाल:लन्डन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।