जताततै जून कै मात्र यहाँ चर्चा हुन्छ
चित्त दुखाइ उसकै छेउमा एउटा तारा रुन्छ
सुसाउँदै जिन्दगी यो लक्ष तिर बग्दो रै'छ
सागरमा पुगेपछि आँफैलाई लाग्दो रहेछ
नदी हुँदा मायालु त्यो किनार संगै हुन्छ
यसो भन्दै उस्कै छेउमा अर्को नदी रुन्छ
नशालु त्यो क्षणहरु सधैं आँखा वरिपरी
बितेका ति पलहरु झस्काइ रहन्छ घरिघरी
समुद्रले किनाराको याद कहाँ धुन्छ
त्यहाँ भित्र हरेक नदी किनार सम्झी रुन्छ