19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत राज कुमार पुडासैनी November 26, 2009, 7:32 pm

तिमीसँग बोलेकै हो

मनको कुरा खोलेकै हो

यो मनलाई के के हुन्छ

तिम्ले हेरी हाँसे पुग्छ

माया भन्ने मनको डोरों

हुन्न होला एकोहोरो

भोली कसको के भर छ र

आजै लगाउँ के हुन्छ र

आमने सामने धेरै भइयो

एक्ला एक्लै आइयो गइयो

तिमी पनि बोले हुन्थ्यो

मनको कुरा खोले हुन्थ्यो

तिमी भनि बाँचेकै हो

चोखो माया साँचेकै हो

अब संगै हिंडे भयो

मनको कुरा खोले भयो

पिरतीमा हिसाब हुन्न

मनको कुरा छोप्नु हुन्न

तिमी बिना सार्है भयो

बाँच्न मलाई गाह्रै भयो

नुवाकोट, हाल बेल्जियम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।