आच्छु ! नझडकाल भिज्या केस चिसो लाग्छ फेरि
अंग अंग उदाङगै छाडे मनले के के माग्छ फेरि
मन्द मुस्कान पोख्छ्यौ झन झन कर्के नजर हेरी
पापी हुन्छ भन्छन मन, मन्मै के के पाक्छ फेरि
रुजेकी छ्यौ भिजेकी छेयौ मादक चालमा नबढ अगि
थुमथुमाउ कसोरी, म भित्रको पुरुष जाग्छ फेरि
छोए बात लाग्ने, हेरे माद लाग्ने ,नलोभ्याउ तिमी
कोल्टे फेर्दा फेर्दै कल्पनामै मेरो निद भाग्छ फेरि
रुप शिल यसै राम्रो, फिजाउछ्यौ कामुक हेराइ अझै
बहकिए भने कतै, मनले त के के ताक्छ फेरि