तन जहाँ रहे पनि
सम्झिनेत मनै हुन्छ
भुल्न खोजे अतितले
छाती भित्र मुटु पोल्छ
एकान्तमा एक्लै हुँदा
परेलीमा आँशु रुन्छ
त्यही आँशुले मनको पिर
तिम्रै यादमा सँधै धुन्छ
देखेकोले हुन्न जीवन
लेखेको नै हुनु पर्छ
त्यही लेखाइले कुना पसी
कहिले कहिँ रुनु पर्छ
तन जहाँ रहे पनि
सम्झिने त मनै हुन्छ
भुल्न खोजे अतितले
छाती भित्र मुटु पोल्छ !
इलाम, हाल: न्युयोर्क