तिमी हाँस्ने गाउँवस्तीमा मैले रुनु हुन्न
लर्खराउदै टेकेको छु प्रीय मैले लड्नु हुन्न ।
मौलाइरहुन खुसीहरु बाधा पार गरुन
दु:ख र पीडाहरु परै ओझेल परुन ।
हाम्ले भेट्ने चौतारीमा तिमी आउँदै गर्नु
वर पीपललाई साक्षी राखी आँशु पुछी जानु ।
मनभरीका बहहरु मनमै सुकाई दिउँला
गाँउबेसीका कसमहरु सम्झी बाँची रहुँला ।
खुसीहरुले साथ दिए भने गाँउतिरै आउँला
परदेशका दूख पीडाहरु सबै बिर्सी दिउँला ।
तिमी हाँस्ने गाँउवस्तीमा मैले रुनु हुन्न
लर्खराउदै टेकेको छु प्रीय मैले लड्नु हुन्न ।
दोहा, कतार