19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत बिशेष गुरागाईं November 28, 2009, 7:26 pm

यो कस्तो चाहना जिन्दगीको

नपाउन्जेल महँगो लाग्ने

पाएपछि सस्तो

अमृतकै चाह घट्छ एकपटक खाएपछि

कौडीकै भाउ लाग्छ हिरा पनि पाएपछि

यो कस्तो मोह जिन्दगीको

नपाउन्जेल अर्थ लाग्ने

पाएपछि ब्यर्थ

नपाउन्जेल उनीलाई पाउँ पाउँ लाग्छ

पाए उनको साथ फेरी अन्तै मोह जाग्छ

यो कस्तो लोभ हो जिन्दगीको

नपाउन्जेल याद आउने

पाएपछि भुल्ने

सुन्दरपुर, मोरङ्ग

हाल: लण्डन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।