18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत गीता खत्री November 30, 2009, 8:00 pm

आज भोली देख्दिन सपनी

रातीराती भिज्दैछ सिरानी

बिपनीमा नभेटेने भैहाल्यो

सपनीमा नदेखिने भैहाल्यो

आफ्नै घर भैसक्यो बिरानी

रातीराती भिज्दैछ सिरानी ।

तिमीलाई भेट्ने यो कस्तो तिर्सना

यो जुनीमा सक्दिन है बिर्सन

देख्दा देख्दै बगेर गयो जवानी

रातीराती भिज्दैछ सिरानी ।

माया पाए पलाउँछ यो मन

मायाविना उजाडिन्छ जीवन

जिन्दगीनै हुने हो कि खरानी

रातीराती भिज्दैछ सिरानी ।

आज भोलि देख्दिन सपनी

रातीराती भिज्दैछ सिरानी ।

न्यूयोर्क

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।