जाडोको मौसम थियो शनिबारको दिनैमा
पहिलो भेट भाथ्योनी हाम्रो माइबेनी मेलैमा
मिर्मिरे साँझमा तिमी साथी माझमा
ईशाराले कुरा गर्थ्यो आँखैको भाकामा
मुस्काएर लुकी लुकी हेर्थ्यो घरी घरी
आँखा जुधे मुहारमा लाली चड्थ्यो सिन्दुरी
मायाको हिसाब किताब बराबरी हुन्थ्यो
कहिले तिम्रो अलि बढी, कहिले मेरो हुन्थ्यो
मनको जलन बड्थ्यो एकै छीन भेट नहुँदा
प्यास मेरो मेटीहाल्थ्यो तिमीलाई अँगाल्दा