बिहानीलाई सबैले भन्छन
बैशालुको तन
साँझको पनि त लाली हुन्छ
नशालु त्यो झन
भेट्नु मात्र मिलन होइन माया बोकी छुट्टीहेर
कहिले काहिँ घामसँगै क्षितिज पारी डुबिहेर
रातको अध्यारोमा कति
शान्त हुन्छ मन
साँझको पनि त लाली हुन्छ
नशालु त्यो झन
हास्नुमात्र जीवन होइन आँखाबाट झरिहेर
जूनसँगै झरी-बादल कुहिरोभित्र परिहेर
अनि थाहा हुन्छ माया
कति ठूलो धन
साँझको पनि त लाली हुन्छ
नशालु त्यो झन