19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बिलासी पागल December 12, 2009, 6:31 pm

सक्छेऊ भने तिम्रै हातले मलाई मुक्ती दिलाइदेऊ

बाँचेर केही नजित्ने ज्यानलाई धरतीमा मिलाइदेऊ

मेरो सासको कदर छैन लासले तिम्रो भलो गरे

स्वीकार्छु अकाललाई नि अस्तित्व मेरो बिलाइदेऊ

दुईचार घुटको मात्र पिउदा प्राण बाँकी रहनसक्छ

ठहरै पार्न बिलासीलाई बिषको सिङै प्याला पिलाइदेऊ

शंकास्पद भेटिएको लासको गहिरो छानबिन हुन्छ अरे

निर्ममतापूर्बक चिरफार गरी तिमीले हाँसीहाँसी सिलाइदेऊ

फेदीखोला-९

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।