छाती भित्र भित्र कतै मेरो मुटु दुखिरह्यो
तिम्रो यादमा फेरी आज मेरो माया पोखिरह्यो
सम्झिएछु फेरी उसलाई आँखा मेरो टोलाईरह्यो
टाढै बस्ने निष्ठुरीको याद घरि घरि आयो
नसम्झिए हुन्थ्यो भन्छु निष्ठुरी त्यो दुख्ने माया
जलाई रहने तड्पाईरहने डंढ़ेलो भो पापी माया
जिन्दगी यो उजाड उजाड तिमी सँधै टाढा हुँदा
आउन प्रिय सँगै बसौं हाँसी खुशी जीवन जीउँला
नुवाकोट, हाल: बेल्जियम