17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भाष्कर काजी December 15, 2009, 8:49 pm
भाष्कर काजी
भाष्कर काजी

सँगसँगै हिँडयौ मात्र, साथ माग्नै भूल्यौ

मझधारमै डुब्दा पनि हात माग्नै भूल्यौ ।

आफ्नै सुरमा हराएर, सपनिमै बिलायौ

तिम्ले मेरो प्रेमको खात माग्नै भूल्यौ ।

चाल हेर्‍यौ हाल हेर्‍यौ, रहिछौ अदना

अधरबाट खस्ने मीठो बात माग्नै भूल्यौ ।

बिछ्यौनामै मस्त, अँध्यारोको निशामा

आकाशमुनि जूनेली रात माग्नै भूल्यौ ।

गँुड लाउँदैमा चरीको, डाली आफ्नो हुन्न

चुरापोते सिन्दुरसीत मात माग्नै भूल्यौ ।

मूर्खै सम्झयौ तिम्ले, माया गर्ने सब्लाई

बैँशालु मातले मेरो जात माग्नै भूल्यौ ।

रुँघा ७, रुकुम

हाल: त्रि.बि. कीर्तिपुर, काठमाण्डौ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।