19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मासिन्छ कि देश मेरो

कविता बासु ढकाल December 22, 2009, 7:56 pm

बन्दैछ कि धुजा धुजा

आजभोलि देश मेरो

मासिन्छ कि डर लाग्छ

त्यों नेपाली भेष मेरो

बाँड्नै परे नेपालीको

मन बाँडे हुन्थ्यो

शीप रुपी पौरखको

धन बाँडे हुन्थ्यो

मलाई पनि नटुक्र्याई

देश देऊ अलिकति

हिमाल पहाड तराइको

भेष देऊ अलिकति

आफू आफू के का लागि

कुस्ती खेल्नु घरी घरी

नेपालीले कतिन्जेल

दुख: झेल्नु सधैभरि

एउटै जात नेपालीको

हात देऊ अलिकति

नेपाली हुँ भन्न लाई

साथ् देऊ अलिकति

डेविस, क्यालिफोर्निया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।