पुष माघ त्यस्तै भयो जेठ भए पनि तापिरहेछु
बरादान अभिसाप जान्दिन चुपचाप थापीरहेछु
अधेरो त छदै थियो अझ प्रदुषणको तुवाँलो छायो
उज्यालो लोभ भो,आगो किनी छाना भरि छापीरहेछु
फुकेका पेटका तार्किक निष्कर्ष कहिले निस्कन्छ
सुक्दै ग'का पेट भित्र चाउरिका रेखा नापिरहेछु
वाद प्रतिवाद घात प्रतिघात खेल्न सिकिदै छ
जिते पनि हारे पनि आँसु जित्ने खेल अलापिरहेछु
मेरो माटो पसिना माग्छ म पसिना चिन्दिन शायद
नचिने'छि के लाग्छ पानी भनि तेजाब छ्यापिरहेछु