19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सन्त्रस्त मन

कविता साबित्रा काफ्ले December 25, 2009, 6:53 pm

सन्त्रस्त मन,

भूईं कुहिरोको

धुमिल छायाँ,

सन्नाटा छाएको

सुदूर वस्तिको

एउटा कथा,

कोरिएको छ

मौन आकाशमा ।

खडेरी परेका रातहरु,

अनिष्ट सम्भावना बोकेर,

उदाउँछ

मरुभूमी बिहान।

र,

एकहुल बाजहरु

नमिठो चित्कार

गाउँछन्

मान्छेहरुको समाधिमा ।

अभ्यस्त बाटो,

क्यानभासमा कोरिएका

स्वप्निल रङ्गहरु,

अब्यक्त पहाड

निर्निमेष हेरिरहन्छ

आफू अगाडिको

कहालिलाग्दो तस्बिर।

र,

गुन्जन्छन गीतहरु

तरङ्ग भएर

पहराको छातिबाट,

चिरेर मौनता

आकाशको ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।