19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विनोद रोका December 27, 2009, 5:20 pm

म तिमीलाई कुरौंला

तिमीले नि मलाई कुरौली

मिलन त होला तव प्रिय

दैवले जव जुराउला ....

धेरै धेरै नाघे भाकाहरु

हेर्दा हेर्दै थाके आँखाहरु

दिन त कटछ जसरी तसरी

अध्यारो रात काटौं कसरी ....

थाहा छैन मिलन होला नहोला

मेरो यादले तिमिलाइ छोला नछोला

फोटो हेरी एक्लै टोल्हाउँछु

बोल्छा्रै कि भनेर तिमीलाई बोलाउँछु ....

भन्थेउ नछुट्टियौं कहिले पनि

त्यसै भनेथे मैले पनि

के थाहा समयले टाढा पुर्याउला

मिलन होला तव प्रिय

जब दैवले जुराउला....

न्यूयोर्क

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।