19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सपना, आकाश र बस्तीहरु

कविता निष्प्रभ सजी January 2, 2010, 3:46 pm

यी टुक्रा टुक्रा बादलहरु

जोडीए हुन्थ्यो एकै चोटी

जे हुनु छ

भए हुन्थ्यो छिट्टै

भोली सखारै खुले हुन्थ्यो आकाश

धेरै भयो

क्षितिजमा नपोतिएको इन्द्रेणी

पर्नै खोजेको भए

परे हुन्थ्यो चट्याङ

बग्नै खोजेको भए

बगे हुन्थ्यो पहाड

म होश मै छु

र मलाई यो पनि थाहा छ

हामी

पहाडकै जरा समातेर झुण्डिएका छौं

हुन त, यो अँध्यारोमा

कहाँ जिउँदा छन् र बस्तीहरु !

हेमजा, कास्की, हाल: अष्ट्रेलिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।