18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत राज कुमार पुडासैनी January 7, 2010, 3:42 am

कहिलेदेखि तिमीलाई आफ्नो भनि बोलाउँ म

ढुकढुकीमा आउँछ्यौ कि त मुटु भित्र सजाउँ म |

हिजो आज धेरै आउँछन् मात्रै तिम्रा यादहरु

मनमै राखुँ जस्तो लाग्छ हरपल तिम्रा यादहरु |

मनमा संधै बस तिमी खुशी भित्र छाउ तिमी

उज्यालो छर मेरो मनमा ज्योति बाली आउ तिमी |

एक्लै चढें सिंढीहरु यात्राहरु धेरै गरें

बाँकी जीवन जिंउनलाई अब चाहिं तिमीलाई रोजें |

पोखिएर मेरो माया तिमी सम्म पुग्नु रै'छ

न्यानो तिम्रो त्यो आँचलमा मेरो मुटु बस्नु रै' छ |

नुवाकोट, हाल: बेल्जियम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।