19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत बिशेष गुरागाईं January 7, 2010, 2:57 pm

वारी पारी हुदैथियौं मनको पाखाको

पखालिँदै थियो गाजल उनको आँखाको

टोलाएर हेर्दैथीई औंला समाई रुँदैथिई

तप्किएका आँशुसगै आँफै पराई हुँदैथिई

मनमा आँधी चल्दैथियो,दन्दन आगो बल्दैथियो

बियोगको सन्तापमा सबै खुशी गल्दैथियो

वारी पारी हुदैथियौं मनको पाखाको

पखालिँदै थियो गाजल उनको आँखाको

सुन्दरपुर,मोरङ्ग; हाल:लण्डन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।