19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आँखामा फुलेको जीवन

कविता साबित्रा काफ्ले January 7, 2010, 8:17 pm

धानखेतमा

शिला खोज्दै,

उकालो लागेका,

झुमा र मारुनीहरु

सुनकोशीमा रोप्छन

बैशका रङहरु।

फुङ्ग उडेको,

कुपोषीत अनुहार

पारिजात जस्तै,

हतासमा झरेका

उत्कण्ठा,

सम्हाल्न खोजेर

बिहानमा,

छरपष्ट छन्

सुकोमल मनहरु।

अपरिपक्व ड्याङमा,

जबरजस्त रोपिएका,

बालीहरु टिप्दै,

ऊ जिवनको

ब्याख्या गर्छे।

सम्झन्छे,

ऊ पनि त्यही माटो हो

जहा बिना अर्थ,

एउटा जीवन सेलाईएको छ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।