18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

खेल/मैदान

कविता छविरमण सिलवाल January 13, 2010, 8:23 pm
छविरमण सिलवाल
छविरमण सिलवाल

मैदान उहि छ

मात्र फेरिए खेलाडीहरु

खेल उहि छ छक्याउँने र कुम्ल्याउँने

अवाक बनेका छन् दर्शकहरु

बोल्यौ कि पोल्यो

अभाव असुरक्षाका

काला बादलहरु

मडारीरहेका छन् चारैतिर

कहिले कसको पालो

कहिले कसको

जसले जिते पनि एउटै उद्देश्य

छक्याउने र कुम्ल्याउने

एउटै ड्याङ्को मूला जस्तै

अब कति दिन खेल्ने हुन

यस्ता खेलहरु

दर्शकलाई गुमराहमा राखेर

किन खेल्छन् फोहोरी खेलहरु

कति हेर्ने यीनका तमासाहरु

उज्यालोको नाटक गरेर

अध्यारो लाद्न खोज्ने

यीनका नौटङ्कीहरु

कतिन्जेल चल्ला ?

अब खेलाडी फेरीनु पर्छ

खेल फेरीनु पर्छ

खेल,

सुन्दर र शान्त वातावरणमा

खेलिनु पर्छ

दर्शकको अलिकति स्नेह र माया

बटुल्नु पर्छ

दर्शक नै खेलाडीका भगवान हुन

यो सवैले बुझ्नु पर्छ

दर्शक र खेलाडी मिलेर

खेल मैदानको मुहार फेर्नू पर्छ

साँच्चै त्यो दिनको कल्पनामा

आज हामीले संयम भएर

खेल हेर्दै जानु पर्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।