सधैँ तिम्रो याद आउँछ, आज भोली रातमा,
एउटा चिट्ठी पठाई देउन, हुलाकीको हातमा ।।
हुन्थ्यो होला मन शित्तल, तिम्रो चिट्ठी पाउँदा,
त्यहि पढि बस्थें होला,फेरी झल्को आउँदा ।
तिम्रो जस्तै छाँया देख्छु, यो जुनेली रातमा,
एउटा चिट्ठी पठाई देउन, हुलाकीको हातमा ।
सधैँ साथ भए हुन्थ्यो, लागिरहन्छ यो मन,
मनले सोचे जस्तो कहां, हुदो रै'छ जिवन ।
तिर्खा भरि आँशु पिउंदै, बसेकोछु यादमा,
एउटा चिट्ठी पठाई देउन, हुलाकीको हातमा ।
सधैँ तिम्रो याद आउँछ, आज भोली रातमा,
एउटा चिट्ठी पठाई देउन, हुलाकीको हातमा ।।
सितलपाटी-६,संखुवासभा; हाल: इजरायल