माया यो मन भित्र मुटुमा साँचेर
तिमीलाई मैले रोजेको हो मुटुमा राखेर ||
कहिले पो थाकेंर खै तिमीसंग बोलेर
बिर्सन्छु आफैंलाई किन हो तिमीलाई सम्झेर ||
आगो पो हो कि माया भित्र भित्रै पोलिरहन्छ
सम्झेर हरपल तिम्लाई मन मेरो जलिरहन्छ ||
कसैले लिन्छन् माया कसैले दिन्छन् माया
कसैले फूल हो भन्छन कसैले जून हो भन्छन् माया ||
मेरो खै के हो के हो - जीवनको उज्यालो हो कि
फुलेको फुलको रंग झैं रंग्याउने जीवन हो कि ||
यो मनको चाहानालाई मायाको भेलले छेक्यो
तिम्रो त्यो खुल्दुलीले मलाई बतास झैं बेगले हान्यो ||
फूलको रंग झैँ माया रातको जून झैँ माया
जीवनको रस हो माया जीवनको घाम हो माया ||
नुवाकोट, हाल: बेल्जियम