17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल कपिल अन्जान January 14, 2010, 8:10 pm

हुने गर्थ्यो नेपाल बन्द कुनै समयमा

दाजु भाइमा थियो द्धन्द्ध कुनै समयमा

बस्ती बस्ती शहरमा इज्जत लुटिएर

रुदै हिड्थे भाउजु नन्द कुनै समयमा

देशको लागि मर्दा म कायर भन्छौ ऐले

भएन कि आवज बुलन्द कुनै समयमा

डर पनि त थिएन रिसराग पनि थिएन

धेरै सम्म भयो आनन्द कुनै समयमा

जता हेर्यो आफन्त कै रगत मुछिएर

माटोमाथि आउँथ्यो गन्ध कुनै समयमा

रेडियो कोहलपुर एफ.एम. बाँके

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।