आज फेरी सपनीमा तिम्लाई देंखे मैले
बिपनीमा मेरी प्रिय भेट हुन्न कहिल्यै
तिमी थियौ म थिए जूनेली रात थियो
आकाश धर्ति जून तारा हाम्रा साक्षी थिए
संसार बिर्सी एक अर्कामा हराएथ्यौं हामी
जूनले पनि लजाएर बादल घुम्टो हालिन
आज फेरी सपनीमा....
बिजुली चम्कि चट्यांग पर्यो टुट्यो सपना सबै
बिउँझिएर बिछ्यौनिमा तड्पीरहे एक्लै
आज फेरी तिमी मेरो सपनीमा आयौ
बिपनीमा एउटा मिठो पीडा बनी छायौ
आज फेरी सपनीमा....