19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बिलासी पागल January 19, 2010, 11:38 am

शंकै लाग्छ पूरा आयू अब जाँचिन्छ कि जाँचिदैन

बिरानो भएँ तिमीसँग अब बाँचिन्छ कि बाँचिदैन

तिमीसँगै साथ हुदाँ पो रमाइलोमा सरीक हुन्थे

मन कुँडियो एक्लै अब नाँचिन्छ कि नाँचिदैन

तिमीले फूलको रहर गर्दा उपहार सिंगै डाली हुन्थ्यो

त्यसरी नै लालीगुराँस अब भाँचिन्छ कि भाँचिदैन

भबिष्यलाई उज्जवल पार्ने नानाथरीका रहरहरु बुन्थें

हृदयमा यस्ता रहरहरु अब साँचिन्छ कि साँचिदैन

फेदीखोला-९

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।