19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत अनिल श्रेष्ठ January 22, 2010, 2:03 am

दुख्नु दुखिसकेँ, यो साँझ नदुखे हुन्थ्यो

आँखाहरु कुहिरो छोपी, यो रात नदुखे हुन्थ्यो ।

धेरै रात दुखेँ, मैले धेरै चोटहरु सहेँ

बूढो खोला किनारको खेत आखिर नै म परेँ

कस्तो हुन्छ बाढीको चोट, भो नसोधे हुन्थ्यो

आँखाहरु कुहिरो छोपी, यो रात नदुखे हुन्थ्यो ।

सधैँसधैँ मेरो छातीमाथि बगरहरु खेल्छन्

खुसी फुल्ने आँखाभरि गहिरो घाउहरु रोप्छन्

कस्तो हुन्छ मङ्सिर झुल्ने घाम त्यो नसोधे हुन्थ्यो

आँखाहरु कुहिरो छोपी, यो रात नदुखे हुन्थ्यो ।

तनहू

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।