19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विक्षिप्तहरुको भाषण

कविता कृष्ण पाख्रिन January 23, 2010, 7:47 am

रातौंरात अनिदो भइ

चिप्लिएका मेरा दिन र रातहरु

दिनमा चिसो घाम छैन कतै

रातमा ताराहरु चूपचाप छन् कतै

अक्टोपस अंधकारको पंजामुनि

म छटपटाए !

निस्सासिए !!

कहालिए !!!

र, भनेछु

अंधकारको हिमाल उठिरहेछ ।

त्यहाँ हिमप्रपात छैन ।

त्यहाँ तुषारोपात छैन ।

केवल अंधकारको अविरल वर्षा भइरहेछ ।

यो स्थितिबोधले

मलाई टोकिरहेको छ,

डसिरहेछ

र म

कुन शब्दमा हजूरहरुलाई

निवेदन गरुँ ? बिन्ती गरुँ ?

कि यो मेरो विक्षिप्त स्थितिको निर्माण हो ।

अथवा

यो समयको परिणति हो ।

मैले अनिर्णित छोडेको छु ।

मैले यी प्रश्नहरुलाई

निर्णयहीन प्रश्नको थुप्रो भनेको छु ।

भनेको छु

अनि कहिलेकाहीं

महासागरहरु

नदीहरु पनि रातभरी/सपनाभरी

अनिद्रा र निंद्राको प्रदेशहरुमा

बग्ने गर्छन / कुद्ने गर्छन् ।

देशका कुनै फाँट र मैदानहरु देखिंदैन ।

गाउँले घरहरु/जंगलहरु

देखिने सडकहरु/अट्टालिकाहरु पनि

सबै नै चुर्लुम्म डुबेका छन् ।

मानौं मेरो देश अब टप्पु भइरहेछ ।

प्रत्येक सपनाको महलमा

बाढी पीडितहरुको कहाली लाग्दो स्वर

ज्यान जोगाउन भाग्ने जनावरहरुको कर्कश आवाज

फगत यस्तै

सागरका छालहरु/नदीका सुसाईहरु

मात्र मेरो सपना बन्छ

नितान्त मेरो सपना हुन्छ ।

अब त मेरो सपनालाई

ग्याँसच्याम्बर भनिदिए पनि हुन्छ ।

र, ग्याँसच्याम्बरलाई मेरो सपना भने पनि हुन्छ ।

किनकी

अरुले देखेको सुखद भविष्य

शायद रेगिस्तानसम्म पुग्दा पनि

मेरो आँखामा नअटाउला

मेरो हृदयमा नबस्ला

हिजोआज,

मलाई मरुभूमिको राप/ताप

र उष्णता मन पर्न थालिरहेछ ।

हिमाली प्रदेशको

चिसो स्याँठ

मन पराउन छोडेको छु,

रुचाउन छोडेको छु ।

अरुले आकाशतिर हेर्दा

म धर्तीको पत्रै पत्र खोजिरहेको हुन्छु ।

म खोजिरहेको छु

सपनाको देश !

अब मलाई जरुरी छैन ।

म राजीनामा गर्छु

भन्नोस् ?

मबाट अरु कुनै सेवा बाँकी छ भने ?

अहिले/आज

यो बर्षमा नै भनिदिनोस् !

म अरु पनि

तपाईहरुको नाममा/तिमीहरुको नाममा

कुन कार्यालयमा गई पास गर्नु पर्ने हो ?

भनिदिनोस् तपाईहरुले

मेरो जीवनको यात्राभरी

मेरो जीवनभरी

याद राख !

तर..................

कतै यस्तो नहोस्

जीवनको यात्रा गर्दागर्दै

टुप्पी मात्रै बाँकी रहेर

मानिस हराए पछि

म— लाई

तिम्रो आवश्यकता

र तिमीलाई

मेरो आवश्यकता बोध भयो भने

म असमर्थताको शेरिफ दिनु बाहेक

कुनै खादा वा कुनै माला लिएर

स्वागत द्वार बनाउन सक्दिन ।

स्वागतम भन्न पनि सक्दिन ।

त्यसैले हिजोआज दिनहरुलाई

बैशाखी रुघा लागेको छ ।

र, घामका किरणहरुले सिंगान बगाउँदैछ ।

जीवनलाई पनि

आजकल

जिजीविषाको फोबिया लागेको छ ।

तिमीलाई शंका नहोस् !

यो मेरो उजूरीपत्र होइन,

मात्र एउटा विक्षिप्तहरुको भाषण

मानविय गुणहरु हो— भन्नु पर्छ,

मान्नु पर्छ/बुझ्नु पर्छ ।

यो शहरको धेरै अन्धकार गल्लीहरुमा

औंसी भरिएका मूल सडकहरुमा

हिजोआज गधा कराउँछ

र गधाजीको स्वरसँगै

कुकुर बहादुरले पनि आर्केष्ट्रा बजाउँछ ।

म यसलाई गीत सम्मेलन भनौं ?

के भनौं ?

त्यसो भए अब तिमी हिमाल नखोज !

हिमाल खोज्दा खोज्दै

मैले/तिमीले

सेउती र सर्दुको पानी उचालेर

एक अन्जुली पानी मात्रलाई

यही हो हाम्रो हिमाल भने पुग्छ ।

त्यसैले हिजोआज

रातीराती जूनकीरी उड्न बिर्सेका छन्,

चमेराहरु पनि चारधाम गएका होलान्

र राती राती उड्न बिर्सेका छन् ।

यो हिमाललाई लगेर तिनीहरुले

(जूनकीरी/गधा/कुकुर र चमेराले)

महासागरमा

तिनीहरुको इतिहासको अस्तु

अन्त्येष्टि गरेर फर्कदै होलान् ।

हेर !

जीवनको अर्थ खोज्नु

तिमीले !

मैले !!

हामीले !!!

सबैले !!!

अस्तित्व खोजेमा÷जिन्दगीको अर्थ खोजेमा

निषेध छ !

बन्देज छ !!

कतै शान्ति सुरक्षा नलागोस्, तिमीलाई

चूपचाप बस,

मौन बस,

मौन बस/चूपचाप बस ।

भर्खरै एक हूल हुचीलहरुले

होहल्ला गरेर/चिच्याएर

यो शहरलाई घोर निंद्राबाट

ब्यूँझाएर गएका छन् ।

आज दिनभरि कागहरु

घर नजीकैको नरिवलको रुखमा बसेर

के खबर, के सुचना,

एक हूल कराएका थिए

मधुर स्वरमा गीत गाएका थिए ।

कृपया अहिले शान्त भइदेउ !

ए, शान्तिप्रिय बासिन्दाहरु !!

अब खोलाहरुमा पानी होइन÷आगो बग्छ ।

नदीहरुमा डढेलो बग्छ ।

कोइलाहरु बग्छन् ।

बग्न देउ !

अब पानी नखानु !!

अब पानी नखानु !!!

ए, शान्तिप्रिय शहरवासीहरु !!!

तिमी शान्तिको नाममा रुद्राक्ष जपेर

कोशीमाथि/बाग्मतीमाथि/विष्णुमतीमाथि

गण्डकीमाथि/मेची र महाकालीमाथि

योगा गरेर ईश्वरसँग

सन्धि गर !

हस्ताक्षर गर !!

विश्वास गर !!!

अब,

तिम्रो सन्धिपत्रलाई

म/हामी

र सबैले

विक्षिप्तहरुको सन्धिपत्र भन्दैनौं ।

न पागलकै प्रलाप भन्छौं ।

हामी सबैको

विश्वासमाथि उठेका यी धेरै डढेलाहरु

पैmलिंदै

पैmलिंदै जाँदैछन् ।

कतै तिमी र तिम्रो मानसिकतामा

झुक्किएर नपैmलियोस् ।

मेरो प्राथना !

विरुपाक्षलाई यही छ

विरुपाक्ष !

तिमीलाई गाड्नेहरुको इतिहास खोज !

अन्यथा तिमी अधिकारपत्र देउ

म नचिकेता हुन सक्छु

म कोशी लिएर आउन सक्छु,

तिम्रो लागि/तिम्रो उद्घारको लागि ।

मात्र विरुपाक्ष !

तिमीले यी चमेराहरुलाई,

गधाहरु,

कुकुरहरु,

र जूनकीरीहरुलाई

यथावत बसिदिनु भनिदेउ ।

मलाई गल्लीमा कुकुरहरु रोएको मनपर्छ

र, जूनकीरी रातीराती टल्कदैं–टल्कदैं

डुलेको मनपर्छ/उडेको मनपर्छ ।

लाटोकोसेराहरु

मेरो घर नजीकै शिरीषको रुखमा झुण्डिएर

अथवा

चमेराहरु

बिजुलीको तारमाथि उभिन्डिएर

रातीराती

कराएको स्वाद लाग्छ ।

रातीराती

सडकहरुमा पनि हुल्याहा केटाहरु

एक हूल बाँधेर

बोतलसँगै/चरेश र स्म्याकसँगै

मातेर

हो–हल्ला गरेको धेरै भो ।

त्यही स्वर राम्रो लाग्छ/त्यही स्वर मन पर्छ ।

त्यसैले

कसैलाई भाले बासेको

कसैलाई मयूर नाचेको

कसैलाई नाइटिङ्गलको गीत

र कसैलाई परेवा घुरेको मन परे पनि

मलाई त हुचीलको गीत मन पर्छ ।

लाटोकोसेरो संगीत मन पर्छ ।

कहिलेकाहीं मध्यरातमा

ज्यामीहरु कामले थाकेर

मस्त निदाएको बेला

नजीकैको धोबीको गधालाई

के खुशी हुन्छ, कुन्नि ?

मस्त गीत गाइदिन्छ ।

र, धारीम हातले धोबीलाई तीन पुस्ते गाली दिन्छ ।

बिचरा ज्यामीलाई के थाहा ?

के थाहा बिचरालाई ??

कि मध्यरातमा गधाहरुको सुहागरात हुन्छ ।

त्यसैले उनीहरुले स्वतन्त्रतापूर्वक गीत गाउँछन् ।

मलाई

यस्तै गीत !

यस्तै स्वर !!

यस्तै भाषाहरु !!!

बेला बेलामा मन पर्छ ।

मलाई बेला बेलामा मन पर्ने गर्छ ।

तर मेरो जिउने प्रयत्नमा

काला कमिलाहरु लाम लागेर कतैं

बसाई सर्दैछन्कतै ¥यालीसँग जाँदैछन् ।

ए, धरहरा !

म तिमीमाथिबाट हाम्फालेर

भि. सी. पाउनु निरर्थक ठान्छु ।

केवल निरर्थक ठान्छु ।

(एकपल्ट जंगबहादुरलाई सम्झिन्छु)

आश्चर्य लाग्छ !

कठै धरहरा,

तिमीमाथि उक्लेर छातासँगै

सफलताका दुस्वप्न देख्नेहरु

कृपया आज अंकमाल गरौं !

कृपया आज अंकमाल गरौं !!

एकपल्ट तिमीले सफलताको उकाली चढेनौं त के भो र ?

तिम्रो असफलतामाथि नै

हामीले पूmलहरु फुलाएका छौं ।

कतै मेरो अचम्मको कुरा सुनेर

कतै मेरो अचम्मको प्रस्ताव सुनेर

मलाई नै

विक्षिप्तहरुको लाममा गन्ती गर्छौ कि ?

विक्षिप्त म !

विक्षिप्त भिमसेन थापा !!

विक्षिप्त जंग बहादुर !!!

विक्षिप्त धरहरा !!!

एकपल्ट धरहराको टुप्पोमाथि

एक हूल गिद्धहरु बसेर गएछन्

मध्यरातमा

एकपल्ट

हुचील कराएको थियो ।

मध्यरातपछि

कतैं अपशकुन लागेन इतिहासलाई ?

कतै शान्ति महायज्ञ गर्नु पर्ने हुन्छ कि ?

अब यसपल्ट

रातौंरात अनिदो भई

चिप्लिएका मेरा दिन र रातहरुलाई

राँचीको बेड नं. ४२० मा बुक गरिदिन्छु ।

र, अस्पतालको पर्खालमाथि चढेर

धीत मरुन्जेल पिसाब गरिदिन्छु ।

यो चिसो घामलाई,

हाईभोल्टेज बिजुली स्टेशनमा लगेर

सेकताप/बेट्रीचार्ज गरिदिनु पर्छ ।

ताराहरु चूपचाप छन्

शान्ति सुरक्षा लागेको छ— यी ताराहरुलाई

यो खुर्पे चन्द्रमालाई

बादलहरुको कैदबाट

धरौटीमा फिर्ता ल्याएको छु

र, उ तारेख धाउने गर्छ

क्षितिजदेखि आकाशसम्म

आकाशदेखि क्षितिजसम्म ।

आखिर बस चढ्ने ठाउँ

तिम्रो र मेरो

हामी सबैको एकै त हो ।

बरपिपल छेउको बस स्टप

बस स्टप छेउको बरपिपल

हिजोआज

बरपिपलमा कुनै चराहरु बस्दैनन्

तिम्रो/मेरो

हाम्रो टोपीमा कुनै चराले

अब बिष्टा गर्न सक्दैन ।

विश्वास छ ?

अलिकति विश्वास गर्नाेस्

तर तपाईको घरमा

उतानो परेर

नसुत्नुहोस्

सिलिङको माउसुलीले

बिष्टा गर्न पनि सक्छ ।

बिष्टामाथि कहिल्यै निको नहुने

यौटा आणविक घाउ पनि हुन सक्छ ।

सावधान !

सावधान !!

लाटोकोसेरो बाहेक धेरै स्यालहरु हूल बाँधेर

गाउँको किनारै किनार

बस्तीको माझबाट

झण्डै झण्डै भानुचौकदेखि छाताचौकमा

रातीराती आउने गर्छन/ घुम्ने गर्छन

होशियार हुनु पर्छ सबैले !

सबैले होशियार हुनु पर्छ !!

नभए हाम्रो घरमा/ घरभित्र नै गएर

एउटा नडिया राग छाडेर जान सक्छ ।

तपाईलाई/तिमीलाई

कस्तो लाग्छ कुन्नि यो राग ?

मलाई बिहानीपखको भालेले बासेको भन्दा

कोइलीले ‘कुहु कुहु’ गाएको भन्दा

स्यालले गाएको गीत मन पर्छ ।

हो, स्यालको पनि जीवन छ ।

जीवन !

“Look to this day

For this is Life

The very life of life

For yesterday already a dream

And tomorrow is only a vision

But today well lived

Makes every yesterday a dream

And every tomorrow a vision of hope.” १

ओस्कर वाइल्ड चिच्याउँछ

अट्टाहास गर्छ, भूगोलपार्कमाथि बसेर

“यो जिन्दगी ! यो जीवन !!

भोलिको मधुर कल्पनाको आशा मात्र हो”

एउटा पहाडको टुप्पाबाट

एउटा बुढा तामाङ्गले

बेंसीको तन्नेरी तामाङ्गलाई बोला’को सम्झिन्छु

“औंसी रो थेबा !”२

त........

ल..........

हलो जोतिरहेको तामाङ्गले सुनेछ —

“आमा सिजी रो !”३

टुपी बाँधेर

टोपी फुकालेर

त्यो मानिस आएछ —

”तिग आमा सिजी ?”४

होइन ! होइन !!

आज औंसीमा हलो जोत्नु हुँदैन

धर्मको विपरीत हुन्छ

यस्तै हो धर्म !

यस्तै हो जीवन !!

पहाडको फेदीबाट उक्लेर माथि पुगेपछि

केही खोज्छ मानिस

मानिस केही खोज्छ

तर बिचरा............ मानिस !

केही प्राप्तिको सट्टा पसिना मात्र बगाउँछ ।

त्यसैले कुकुरहरु भुक्छन्, मध्यरातमा

मध्यरातमा

फेरीवालाले भूत भगाउने क्रममा

भैरुङ्ग जागे/भूत जागे

डंकिनी जागे भन्दै

प्रत्येक कार्तिक महिनामा पहाडबाट

मधेसतिर झर्ने गर्छन्

मधेसतिर पस्ने गर्छन् ।

ती फेरीवालाहरु/ती शंखवालाहरु

अनि म भैरुङ्गको पूजा गर्छु

आवश्यक छ भने

डंकिनीको पनि पूजा गर्छु !

पूजा — म कागको पनि गर्छु

अभैंm म भनु !

अभैंm म भनु !!

प्रत्येक बौलाहा

धारामा चुहुने भाँडा थापेको बेला

म हेरिरहन्छु ।

म सोचिरहन्छु ।

कतै बलजिते लिम्बुलाई५

अभैंm पुज्न बाँकी छ कि ?

श्रीमान बलजिते !

Look to this day

For this is Life

तिमी छैनौं/ठीकै भो

धारामा चुहुने भाँडा थाप्न परेन ।

फेदीबाट टोपी फुकालेर

टुपी बाँधेर

पहाडको टुप्पामा पुग्न परेन

ठीकै भो — तिम्रो मृत्युमा

And tomorrow is only a vision

भन्नेहरु थुप्रै छन / सुन्नेहरु पनि थुप्रै छन् ।

सबैले जीवनको पूजा गर्छन् ।

जीवनलाई श्रद्धा गर्छन् ।

म ठीक विपरीत

मृत्युको पूजा गर्छु !

मुर्दाघाटको पूजा गर्छु !!

देवी देउताहरु नरिसाउन्

जीवन पनि नरिसाओस्

म वास्तवमा जीवन होइन !

पुर्खाको सन्तान पनि होइन !!

तिमीले मानेको देउता पनि होइन !!!

म आपैmले आपैmलाई म्हः पूजा गर्छु,

म आपैmले आपैmलाई पुज्ने गर्छु,

आपैmले आपैmलाई पुज्छु,

म कुमार देउता/कुमारी होइन ।

कुमारी पुजिन्छन् देवालय र मन्दिरहरुमा

म बुढाहरु पुज्छु/तन्नेरीहरु पुज्छु

“If the way I see you now is not the way

In which I saw you once, if in you

What I see now is new.” 6

तिमी !

गुलाफ / इन्द्रकमल र कमल नै

गुराँस/बुकी र सुनाखरीको

के कुरा ?

लालुपाते/चमेली/पपी पूmल

मन पराउन सक्छौं ।

मलाई गुहेली र धुसुरे पूmल

राम्रो लाग्ने गर्छ/मन पराउने गर्छु ।

हामी आपैंm नयाँ पूmलहरु रोपौं !

हामी आपैंm नयाँ पूmलहरु रोपौं !!

“Where you first moved bare footed

Kicking up dust

I rely often on this ordinary thought

Near Lake Baikal my own town waiting for me.” ७

यी गमलाहरुमा/पूmलबारीहरुमा

यी शहर/गाउँहरु

सरोबर र झीलहरु

तिमी जन्मेका ठाउँहरु

हामी जन्मेका गाउँहरु

हामी खाली खुट्टा खेलेर/दौडेर

धुले सडकहरुमा धुलो उडाएका थियौं ।

यही माटोहरुमा हामी खेलेका थियौं

र, तिमीलाई,

आफ्नै शहरको/आफ्नै देशको फेवाताल

आफ्नै मानसरोवर र झीलहरु

तिम्रो नजिकै भएपनि

त्यो तिम्रो शहर र गाउँ होइन ।

त्यो तिम्रो देश होइन ।

त्यो तिम्रो राष्ट्र होइन ।

हाम्रो देश दौरा, सुरुवाल र टोपीमा

हिजोआज,

नयाँसडक, पुतलीसडक

र कहिलेकाहीं

छाताचौकमा नेपालीको लाइसेन्स लिएर

नेपाली “हुनु” को लेवलमा बाँचिरहेको हुन्छ ।

हो, बास्तवमा

तिमी !

म !!

हामी !!!

यो अचम्मको युगको अचम्मको देशमा

हिंडिरहेछौं ! बाँचिरहेछौं !!

खुट्टाहरु छैनन्

तैपनि भकुन्डो खेलिरहेछौं ।

हातहरु छैनन्

तैपनि लेख्ने स्वाँग गरिरहेछौं ।

कोरले खाएका यी अनुहारहरुमा

कसैले प्याच्च थुके पनि हुन्थ्यो,

थुक्दैनन् ।

मलाई थाहा भएन

र, मलाई थाहा हुन सकेन ।

अहिलेसम्म यो देश

मेरो हो ?

तिम्रो हो ??

अथवा हाम्रो हो ???

एकपल्ट यो ग्लोबलाई नै

०४५ सालमा भागबन्डा लगाउ !

र, हामी सबै मिलेर

यो भागबन्डालाई अदालतमा गई रजिष्ट्रेशन गरौं ।

यो युरोप !

यो अमेरिका !!

यो अष्ट्रेलिया !!!

यो अफ्रिका !!!

र यो एसिया !!!

यो रुस/यो अमेरिका

यो भारत/यो चीन

यो बेलायत र यो नेपाल

र, भनौं.................................

यु. एन. ओ. लाई

तिमीले............. ए......... ए......... ए...........

आजसम्म चौकिदारी गरेकोमा

सधन्यबाद !

तिमीलाई — अवकाश छ ।

तिम्रो तलब/संचयकोष

र बोनस

जे जे पाउँछौं

विश्व बैंकको चेक भजाएर लैजानु ।

अब, यु. एन. ओ. को बडापत्रलाई

रद्दी कागज भनेर

चनाचट्पटेवालासँग “दहीबडा” मा साट्नु पर्छ

र, भन्नु पर्छ/घोषणा नै गर्नुपर्छ ।

“आत्मसात आनन्दमयः”

“श्रुतेष्तु मुलत्वात”

“पुरुषार्थः अतः शब्दात बादारायणः”

— ब्रम्हसुत्र

श्लोकहरु÷सुत्रहरु

र ऋचाहरु

एकपल्ट तिमीले

सापटी देउ अरुलाई

अन्यथा भाडामा लगाई देउ ।

यो बाँच्नेक्रम तिम्रो/मेरो

र हाम्रो

सापटी कसैले मागेमा दिनु पर्छ ।

अन्यथा यसलाई बन्धकी राख्नु पर्छ ।

मेरो बालकपनमा नै मैले

यो जिउने क्रमलाई

माटोको घर भनिदिएको छु ।

ढुंगा/खपटाको नक्कली पैसासँग

भाँडाकुटी खेल्दा नै साटिसकेको छु ।

अब त...................

केबल बाँसको खुट्टामाथि उभ्भिएर

खुट्टा छ भन्ने भ्रममा

आफुलाई !

ठूलो मानिसको भ्रममा

अग्लो हुनुको अर्थहिनतामा बाँचिरहेछौं ।

यो अन्धाहरुको नगरमा

यो लाटाहरुको देशमा

लाटोकोसेरोले पनि दिउँसै

अन्धकार ठानेर

हिजोआज

मध्यान्हमा बास्नु थालेको छ ।

हिजोआज लाटोकोसेरोले पनि

मध्यान्हमा नै मीठो गीत गाउन थालेको छ ।

यो उजाड बस्ती

यी गाउँ/शहरहरुमा

मरुभूमि र बालुवा बाहेक

दरार फाटेर केही छैन ।

मनसुन छैन/बर्सात छैन ।

कहिलेकाही

बर्सातको याममा पनि

घाम उदेक गरि लाग्ने गर्छ ।

आज नै हो

म मधेस गएको बेला

घाम — एउटा मात्र होइन

धेरै धेरै लागेको थियो ।

घाम निस्तेज छ होला भनेकोमा

आजकै दिन हाई भोेल्टेज भएछ ।

मलाई थाहा भएन

छाता ओढेर पनि

मलाई शान्ति र आनन्द

कतै पनि आएन ।

म शान्त नै थिए

तैपनि शान्ति किन आएन प्रभु ?

प्रभुजी मलाई भेडा बनाइ देउ !

मलाई भेडा बनाइ देउ प्रभुजी”८

The very life of life

For yesterday already a dream

And tomorrow is only a vision

But today well lived”

लेकबाट झरिरहेको

एक बथान भेडाहरु देखेर

मलाई नीत्शे सम्झना आउँछ

यी मूर्खहरुको यौटा लामो कतारमा÷¥यालीमा

यी बौलाहाहरुको जुलूसमा÷आमसभामा

बुद्धिको कुरा नगर !

हो, बुद्धिको कुरा नगर !!

कविता लेख्नु हुदैन

यो मूर्खहरुको शहरमा

तिमी पनि

म पनि

हामी सबैले भेडा बनि दिनुपर्छ !

एकपल्ट मूर्ख बनि दिनुपर्छ !!

र, बौलाहाहरुको बस्तीमा

तिमी/म

हामी सबैले भलाद्मी बन्नु हुँदैन ।

बौलाहा नै बन्नु पर्छ ।

र, सबैले मूर्खहरुको जिन्दाबाद गाउँनु पर्छ ।

हामीले बौलाहाहरुको जय जयकार मनाउनु पर्छ ।

यो नगरको

भजनमण्डलीको सदस्यता लिएर

प्रत्येक एकादशी र पूर्णेमा भजन गाउँनु पर्छ ।

भजन यस्तै हुन्छ

“आज सजिलैसँग बाँचौं !”

The very life of life

बाँचांै ! बाँचौं !! बाँचौं !!!

But today well lived

आज सजिलोसँग बाँचौं !

हो, आज सजिलोसँग बाँचौं !!

हामी सजिलोसँग बाँचौं !!!

त्यो एउटा नेपाली बौलाहाले

सधैं सधैं प्रलापेको सुनेका छौं ?

“थुक्क............... भगवान !

तिमीले सबैलाई घर दियौं,

परिवार दियौं,

मलाई मात्र किन दिन सकेनौं ?”

त्यो यसरी नै

प्रत्येक मन्दिरहरुमा/सडकहरुमा

देवालय र गल्लीहरुमा

बाँच्नेक्रममा सजिलोसँग बाँचेर चिच्याउँछ ।

प्रत्येकलाई थुक्ने गर्छ ।

प्रत्येकलाई गाली गर्छ ।

सक्ने भए त्यो पागलले

पिसाब नै गर्ने थियो होला — मन्दिरहरुमा

देउताहरुमा/मुर्तिहरुमा

अभैंm सकेदेखि

पुजारीहरुको टाउकोलाई नै कमोट बनाउने थियो

अथवा मन्दिरमाथि नै

दिशा पिसाब गर्ने थियो होला ।

कतै/कुनै ठाउँमा

साँझ जंगलबाट धुवाँ उठ्छ

कुहिरो त्यसरी नै जम्मा हुन्छ ।

जसले गर्दा हरेक बिचार गुजुल्टिन्छ ।

र, बन्द मेरो मुखलाई दबाउँछ/सिइदिन्छ ।

******

“पहाडहरुमा र भिजेका खेतहरुमा

मृत्यु पस्रेको छ हामीहरुलाई कुरेर

कुनै उदाश सडकको मोडमा

बन्दुकको नालले कुरिरहे भैंm”९

******

एउटा कविले

कुनै देशबाट

पहाडहरु/पर्वतहरु/नागीहरुमाथि

हुस्सु उठिरहेको बेला

बादल झरिरहेको बेला

पहाडहरुमा र भिजेका खेतहरुमा

मृत्यु पस्रेको देखेछ

र, तुरुन्तै एउटा कविता लेखेछ

मृत्यु शायद जिन्दगीको खेतमा फल्ने धानको बाला हो कि ?

अथवा

मृत्यु शायद कुर्सीसँगै टाँसिएको करेन्टको

ज्वाला हो कि ?

मृत्यु शायद

तिमीलाई ! मलाई !!

पर्खिरहेको होला

अहिले पनि कतैं

कुनै सडकका भीडहरुमा,

कुनै अन्धकार गल्लीका मोडहरुमा,

कुनै कफ्र्यू लागेका शहरहरुमा,

कुनै इमर्जेन्सी लागेका देशहरुमा,

कुनै खेतहरुमा,

कुनै कलेज र स्कुलहरुमा

र कुनै मैदानहरुमा

के थाहा ?

मृत्यु कहिले

निःशुल्क पनि हुन सक्छ ।

हो, मृत्यु कहिलेकाहीं निःशुल्क पनि हुन्छ ।

तिमी

हामी सबै — मृत्युलाई

सयपत्री र गुलाफको माला लिएर

स्वागतद्वार बनाऔं,

स्वागतम हामी भनौं !

स्वागतम जिन्दगी !!

स्वागतम मृत्यु !!!

र, लेखिदिनेछु

बुद्धं शरणं गच्छामी !

संघं शरणं गच्छामी !!

धम्मं शरणं गच्छामी !!!

मृत्युं शरणं गच्छामी !!!

☻☻☻☻☻☻☻

१. Oscar Wild को Life नामक कविताको अंश

२. थेबा — जेठा (तामाङ्ग भाषा)

३. सिजी रो — म¥यो रे (तामाङ्ग भाषा)

४. तिग — के (तामाङ्ग भाषा)

५. धरानको एकताकाको प्रख्यात बौलाहा, जो मरिसक्यो

६. र ७. एब्तुशेंकोको प्रख्यात कविता ‘जिमा जंक्शन’ को अंश

८. लक्ष्मी प्रसाद देवकोटाको कविताको अंश

९. भिन्स सुलिओक(हंगरी) को कविताको अंश

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।